जोडिनुहोस

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरले बताए ।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए ।

उनले भने ‘विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ । ‘

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।

नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का आठवटै पालिकाले सङ्घको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका आठवटै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै दिवसका अवसरमा आज आफ्ना मातहतका सबै कार्यालय बन्द हुने जानकारी गराएका हुन् । चारवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको जिल्लामा मगर समुदायको बाहुल्यता छ । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

‘आज यहाँका सरकारी कार्यालय, शैक्षिक सङ्घसंस्था र सार्वजनिक संस्थामा बिदा दिने निर्णय गरेका छौँ’, पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र

रासस

धनकुटा । धनकुटाको बिच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा ९र्याफ्टिङ०, फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् ।

जिल्लाको छथर जोरपाटी,सहिदभूमि,साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।

तर पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ । स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ छ ।

रु पचास लाखको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आउनुभएका उहाँले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिए । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताए ।

अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ ।

तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उनले जानकारी दिए । तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिए । पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उनले बताए ।

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

काठमाडौं। मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए। पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत्प्रतिशत खोप लगाएको हेरिने गरिन्छ। ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ।

यसैगरी, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन्। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुन परेको थियो।

कोरोना महामारीका कारण बालबालिका खोप लगाउन छुटेका प्रमुख डा गौतमले बताए। ‘पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित हुँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।’

सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ। सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रुपमा मनाउँदै आएको छ। उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको प्रमुख डा गौतमले बताए।

गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको उनको भनाइ छ। सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोपसमेत सञ्चालन गरेको छ।

आज २०८० साल फागुन १५ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ । कर्मको मर्यादामा गरेको कामबाट सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ रहनेछ । तपाईंले परोपकार गर्नुपर्नेछ ।

वृषः दिन राम्रो छ । लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ । भूमि सम्बन्धी काममा फाइदा हुनेछ । शिक्षामा सम्मान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

मिथुनः दिन सामान्य छ । चन्द्रमा छायामा परेका छन् । आजको दिन ठूलाठूला काममा हात लगाउनु ठिक हुँदैन । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक साथ र सहयोग रहने छ ।

कर्कटः दिन राम्रो छ । स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ । खानपानको ख्याल गर्नुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

सिंहः दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनसक्छ । गुरुले सहयोग नगर्ने दिन छ । परिवारमा खटपटी हुने जोखिम छ ।

कन्याः दिन राम्रो छ । शिक्षाबाट उत्साह बढ्नेछ । स्वदेशी लगानीमा सफलता मिल्नेछ । पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनमा उत्साह लिनुपर्नेछ ।

तुलाः दिन राम्रो छ । आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो । खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । अन्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ । परिवार र समाजले प्रशंसा गर्नेछन् ।

वृश्चिकः दिन सामान्य छ । अरुको समस्या नबुझ्दा आलोचित हुनुपर्ने देखिन्छ । सामाजिक र आर्थिक काम विवादित रहने छन् । नित्यकर्म समान ढंगले चल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः दिन राम्रो छ । लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर आएको छ । मित्रबाट सहयोग मिल्नेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः आजको दिन सामान्य राम्रो छ । बोलीको प्रभावले हरेक काम बन्नेछन् । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ । साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ ।

कुम्भः दिन राम्रो छ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । मित्रले सहयोग गर्नेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । परिवारबाट भने असहयोग हुने खतरा छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

मीनः दिन सामान्य राम्रो छ । शनिदेवको प्रभावले आम्दानी भन्दा खर्च बढ्नेछ । लगानी गरेको क्षेत्रमा उथलपुथल आउन सक्छ । समाजबाट तिरस्कार भोग्नुपर्ने देखिन्छ । दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश भएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका हुन् । आज बसेको बैठकमा अर्थमन्त्री डा। महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्‍मा पेस गरेको हो । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले मुलुको अर्थतन्त्र लयमा फर्किँदै गरेको भएपनि चुतौतीपूर्ण अझै रहेको बताए ।

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

अबुधाबी । विश्व व्यापार सङ्गठन ९डब्लुटिओ० ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको आइतबार बताएको छ ।

डब्लुटिओका ७५ प्रतिशत सदस्यद्वारा हस्ताक्षरित विकासका लागि लगानी सहजीकरण ९आइएफडी० सम्झौतालाई संस्थाको नियमानुसार औपचारिकरूपमा समावेश गर्नुअघि पूर्ण सहमति आवश्यक हुनेछ ।

व्यापक समर्थन भए पनि केही सदस्यले अहिले पनि डब्लुटिओमा यसको एकीकरणको विरोध गर्न सक्छन् । सबै मुलुकलाई समेट्न नसक्ने ती सम्झौताको सामान्यतया विरोध गर्ने मुलुकमा भारत पनि सामेल छ ।

डब्लुटिओले अबुधाबीमा आफ्नो १३औँ मन्त्रिस्तरीय सम्मेलन सुरु गर्नुभन्दा केही घन्टाअघि उक्त सम्झौतालाई डब्लुटिओको वेबसाइटमा सार्वजनिक गरिएको थियो । पाठअनुसार उक्त सम्झौताले दिगो विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘प्रत्यक्ष वैदेशिक लगानी प्रवाहलाई विशेषरूपमा विकासोन्मुख र अल्प विकसित’ मुलुकहरूलाई सुविधाजनक बनाउने लक्ष्य राखेको छ ।

यसलाई हासिल गर्न भाग लिने देशहरू ‘उपायहरूको पारदर्शितामा सुधार गर्न, प्रशासनिक प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न, अन्य लगानी सुविधा उपायहरूलाई अपनाउन र अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन गर्न’ सहमत भएका छन् ।

डब्लुटिओ प्रमुख नगोजी ओकोन्जो–इवेलाले उक्त सम्झौतालाई अग्रणी सम्झौता भनेका छन् । उनका अनुसार सम्झौताले यसका हस्ताक्षरकर्ताहरूलाई उनीहरूले विकास वृद्धि गर्न चाहने प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सहयोग गर्ने वाचा गर्दछ ।

युरोपेली सङ्घ ९इयु० को व्यापार प्रमुख वाल्डिस डोम्ब्रोभ्स्कीले भने, “यो विकासोन्मुख तथा कम विकसित मुलुकहरूका लागि थप लगानी आकर्षित गर्ने आफ्नो क्षमतालाई बढावा दिने एउटा अवसर हो ।”

हस्ताक्षरकर्ताहरूले फेब्रुअरी २९ सम्म चल्ने अबुधाबी बैठकमा यसलाई समावेश गर्न आग्रह गर्दै निवेदन जारी गरेका छन् । उक्त सम्झौताको समावेशले अन्य मुलुकहरूलाई स्वैच्छिक आधारमा समावेश हुन अनुमति दिनेछ ।

चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले भने, “हामी सबै डब्लुटिओ सदस्यहरूले एमसी१३ मा डब्लुटिओ प्रणालीमा यसलाई सामेल गर्न समर्थन गर्न आह्वान गर्दछौँ ।”

डलर देखाएर १० वर्षदेखि ठगी, ३ जना पक्राउ

एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौं ठगेको पाइएको छ ।

सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहट चन्द्रपुर घर भई काठमाडौँ बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शंकर रेग्मीको मिलेमतोमा वर्षौंदेखि ठगी धन्दा चलाउँदै आएका अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

यसरी ठगी गरिएको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उनले बताए । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाका विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर मिलाइदिन्छौं भनी प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए ।

‘दश वर्षदेखि कति ठगी गरेका छन् भन्ने कुरा अनुसन्धानकै क्रममा छ । गिरोहका केही योजनाकारलाई समातेका छौं । अन्यको खोजी जारी छ,’ रेग्मीले भने । तीन जनालाई समातिएको भन्दै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

रेग्मीका अनुसार उनीहरुले चलाखी गरी आफू घटनास्थलमा देखा नपरी विभिन्न व्यक्तिलाई प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएका छन् । ती गिरोहले ठमेलस्थित फरेन एक्सचेञ्ज सेन्टरमा लगेर ठगीमा प्रयोग हुने डलर साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए । ‘त्यही डलरको आकारमा कागज काटेर मिसाउने गरेका खुलेका छ,’ रेग्मीले भने ।

तामाङको साथबाट ७१ हजार नेपाली रुयैयाँ र ६०७ अमेरिकी डलर तथा डलर मिलाइदिने व्यक्ति फरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक रेग्मीबाट तीन लाख र पाँच सय ८३ डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।

गगनको प्रस्तावः ‘अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् ।

सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने बताए ।

‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो रु मूल विषय पनि छायामा पर्ने भयो’, थापाले सभामुखलाई आग्रह गर्दै भने, ‘अब यसो गर्न लगाऔँ । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।’

उनले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए । ‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो’, थापाको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ।

भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आज मृत गैँडा फेला परेको हो।

मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको छ।

आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ।

वीरगञ्जमा ७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरीले ​वीरगञ्जबाट ​७० लाख रूपैयाँ बराबरको लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको छ।​

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको ट्रकमा लोडगरी ल्याउँदै गरेको लत्ताकपडाको बिलविजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। ​

ट्रक र कपडा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको पनि उनले बताए।

श्रमजीवीको पारिश्रमिक वृद्धिका लागि मन्त्रालयमै धर्ना दिइने

काठमाडौँ । श्रमजीवी पत्रकार संघ, नेपालले श्रमजीवीहरूको पारिश्रमिक मन्त्रिपरिषद्‍बाट निर्णय गरी तत्काल वृद्धि गर्न दबाब दिन अर्थ मन्त्रालयमै धर्ना दिने भएको छ । यो साताभरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा गइसकेको पत्रकारको पारिश्रमिक वृद्धिको फाइल क्याबिनेटमा लगेर निर्णय नभए मन्त्रालयकै प्राङ्गणमा धर्ना बस्ने संघले जनाएको छ ।

अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा थन्क्याइएको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिका लागि सिफारिस गरिएको फाइल तत्काल मन्त्रीपरिषद् बैठकमा पेस गरी पारिश्रमिक निर्धारण गर्न माग गरेका छन् ।

श्रमजीवी पत्रकारहरूको पारिश्रमिक प्रत्येक २र२ वर्षमा वृद्धि गर्ने कानुनी मान्यता तोडेर ६ वर्षदेखि बढेकै छैन । गत २०८० जेठमा पारिश्रमिक सिफारिस भएको यतिका दिन बितिसक्दा पनि मन्त्रीपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित हुनुपर्नेमा मन्त्रीपरिषद् अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिमा थन्काइएको छ ।

पारिश्रमिक वृद्धिलगायत साना तथा स्वरोजगार मिडियाको सम्वर्द्धन र संरक्षणका लागि अनलाइन, मल्टिमिडिया र छापामाध्यामका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्ने एवं स्थानीयको विज्ञापन स्थानीय मिडियालाई प्राथमिकतामा पार्नुपर्ने, बिना धितो र बिना ब्याज ५ करोडसम्म ऋण दिने व्यवस्थालगायत ९ बुँदे माग गत वर्षको २०७९ फागुन ८ गते सरकारसमक्ष संघले राखेको थियो ।

उक्त मागहरू पूरा गर्न दबाब स्वरूप संघको नेतृत्वमा यसअघि पटक पटक आन्दोलन पनि भएको थियो । सिंहदरबारको आकाशमा कालो ब्यानरसहितको बेलुन उडाउनेदेखि हस्ताक्षर सङ्कलन गरी बुझाउने, हनुमानस्थानमा घेराउलगायतका प्रभावकारी कार्यक्रमहरू पनि सम्पन्न भइसकेका छन् ।

केन्द्रीय समितिमा देउवाको दाउ

काठमाडौं । कांग्रेस महासमिति बैठकबाट सर्वसम्मत रूपमा पास भएको पाँचवटा प्रतिवेदनलाई केन्द्रीय समिति बैठकबाट परिमार्जन गर्ने तयारीमा सभापति शेरबहादुर देउवा देखिएका छन् । आसन्न चुनावअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रुख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको प्रतिवेदन पारित भएसँगै तनावमा देखिएका देउवाले सो विषयलाई संशोधन गर्न खोजेका छन् । उनले महासमिति बैठकको समापनमा पनि सो विषय उठाएका थिए ।

सुरुमा सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्न सक्ने संकेतका रूपमा बुझेका देउवाले बूढानीलकण्ठमा पदाधिकारी बैठक राखेका थिए ।

सो विषयमा सहमत हुन नसकेपछि महामन्त्री थापाले महासमिति बैठकमा राखेको सांगठनिक प्रतिवेदन पारित भएपछि अर्को विकल्पका रूपमा सभापति देउवाले कांग्रेस केन्द्रीय बैठकबाट परिमार्जन गर्ने तयारीमा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।