जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ६ घन्टा अगाडि
  • ६ घन्टा अगाडि

आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँग सुझाव लिएर काम गर्नु राम्रो हुनेछ।

मिथुनः समय राम्रो छ। परिवारसँगको भेटघाटले मनमा सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगले सताउने खतरा देखिन्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कटः दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। सम्पत्ति कमाउने योग छ। नजानिदो गरी धनमा आँखा लगाउने समूहले पछ्याउने देखिन्छ। निष्ठामा रहनु राम्रो हुन्छ। परिवारको सहयोग अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दैनिकी राम्रो छ। चन्द्रमाको पूर्ण दृष्टि भएकाले सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक काममा मन जानेछ। परिवारमा भने समस्या हुनसक्छ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्याः दिन राम्रो छ। खानपानमा आफ्नो ख्याल आफैले गर्नुपर्छ। कर्मयोगबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। अरुको कुरा काट्ने साथीहरु शान्त रहनेछन्। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुलाः दिन राम्रो छ। आज खुला मनले हिम्मत गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। समाजसेवामा मन जानेछ। मिठो खानेकुरा खान पाइने योग छ।

वृश्चिकः समय सामान्य छ। फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनुः दिन राम्रो छ। मित्र दाहिना छन्। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा, स्वास्थ्यमा लाभ, पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकरः समय सामान्य छ। काममा बाधा र अड्चन हुनाले उदास हुनुपर्ने देखिन्छ। हनुमानको बन्धना र स्मरण गरेमा शनिदेवले साथ दिनेछन्। परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भः दैनिकी राम्रो छ। परिवारको साथ रहने छ। बन्धु अनुकुल रहलान्। दक्षिणको यात्रा एक्लो नगर्नु राम्रो हुन्छ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीनः दिन राम्रो छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। फजुल खर्च गर्ने बानीले विवाद हुनसक्छ। परिवारको सहमतिबाट खर्च गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ।

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच आज भेटवार्ता भएको हो ।

विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन्।

यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गर्नुभएका मन्त्री साउदले उक्त मञ्चलाई आज सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

गोरखाको हिमालय माविले मनायो आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस

गोरखा – गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६ घैरुङ्ग, बास्कोटमा रहेको श्री हिमालय माध्यमिक विद्यालयले आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । फागुन १० गते बिहिवारबाट शुरु भएको बार्षित्कोसव तथा अभिभावक दिवस समारोह शुक्रबार समापन गर्दै विद्यालयले मनाएको हो ।

विद्यालयले दिवस समारोहको प्रमुख अतिथिमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरलाई निम्त्याएको थियो । दिवस समारोहमा पुगेका अध्यक्ष थापा मगरले विद्यालयको बार्षित्सोव तथा अभिभावक दिवस सफल भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयले दिवसका अवसरमा विद्यार्थीहरु लक्षित विभिन्न रोचक र मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु गरेको थियो । यस्तै विद्यालय स्थापना गर्ने संस्थापक अध्यक्ष स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)को सालिक अनावरण, संस्थापक सदस्यहरुका नामाङ्कित शिला स्थापना साथै विद्यालय प्रवेशद्वार उद्घाटन गरिएको थियो ।

विद्यालयलाई सशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई समेत विद्यालयले आफ्नो बार्षित्कोत्सव तथा अभिभावक दिवसका अवसरमा सम्मान प्रदान गरेको थियो । साथै शिक्षक तथा भूतपूर्व शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल बताएका छन् ।

थापाथलीको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी, सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्दै प्रहरी

काठमाण्डौको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी परेको छ । काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना आज दिउँसो साढे १२ बजेतिर भएको हो । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् । ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ’, प्रचण्डको सचिवालयले भनेको छ । ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।

नायिका रेखा थापालाई पुत्री लाभ

नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् । रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अंगालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ रेखा गत मंसिरले सन्तालाई अमेरिकामा जन्म दिने योजनाअनुसार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । यस विषयमा उनको आलोचनासमेत भएको थियो ।

दादुरा-रुबेला खोप अभियानमा देशभरका ५७ लाख बढी बालबालिकालाई खोप लगाइने

सरकारले फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियानमा सञ्चालन गर्ने भएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । अभियानमा दादुरा रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरारु-बेलाको खोप लगाइने छ भने अन्य ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका बालबालिकालाई भने दादुरा रुबेला सम्बन्धी खोप लगाइसकेको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा।अभियान गौतमले बताए । उनका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेलासँगै पीसीभी, आइपीभी, डीपीटी-हेप वी।हिव लगायतका खोप लगाइनेछ ।

खोप अभियानका लागि देशभर ४० हजार खोप केन्द्र सञ्चालन गरिनेछ भने कतिपय ठाउँमा विद्यालय, स्वास्थ्य संस्थामा पनि खोप लगाइने छ । यसका लागि देशभरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रयोग गरिनेछ भने ३० हजार बढी स्वास्थ्यकर्मी परिचालन गरिने खोप शाखाले जनाएको छ । यो अभियानका लागि १ अर्ब ३५ करोड रुपैयाँ लागत लाग्ने छ भने ६३ लाख मात्रा खोप सबै जिल्लामा वितरण गरिसकेको जनाइएको छ । कुनै पनि बालबालिका दादुरा-रुबेलाका कारण जोखिममा नपरुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

 

 

लघुवित्त पीडितहरू र प्रहरीबीच बालुवाटारमा झडप

राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरू र प्रहरीबीच शुक्रबार झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन गर्न गएका पीडितहरूलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था आएको हो ।

सिफल चौधरबाट मार्चपास गर्दै बालुवाटार पुगेका हजारौंको संख्यामा रहेका पीडितहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो । भडपबाट दर्जनौँ प्रर्दशनकारी घाइते भएका छन् भने प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीहरूले निषेधका लागि राखिएको बार फालिदिएका थिए । विभिन्न जिल्लाबाट मुग्लिनमा भेला भएका उनीहरू मुग्लिनबाट सात दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका थिए । सिफलचौरलाई मुकाम बनाएर बसेका उनीहरूले दैनिक प्रदर्शन र धर्ना दिँदै आएका छन् । शनिबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ; प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनबाट छिट्टै पारित हुने बताएका छन् । २३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पीडितलाई न्याय हुने गरी कानूनको टुङ्गो लाग्ने बताएका हुन् । जनयुद्धका सहिदहरूलाई राज्यबाट दिइने सेवा सुविधा लगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सबैको न्यायोचित सम्मान हुने धारणा राखे ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सबैले गरेको बलिदानको उच्च मूल्याङ्कन हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी कुरा टुङ्गिएपछि जनयुद्ध दिवसको बिदा हुने विश्वास व्यक्त गरे । उनले मजदुरहरू आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलिदानी दिवसको निकै महत्त्व रहेको बताए।

मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन

नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले शुक्रवार संसद् बैठकमा बोल्दै ३ दिनमा आफूहरूले उठाएका मागको सम्बोधन गर्नुपर्ने बतायो । अवरोधका कारण स्थगित भएको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ । एमाले सचेतक बर्तौलाले संसद्को आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

नेदरल्यान्ड्सलाई हराउँदै नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लियो

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको छ । नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३ ओभर ५ बलमा १ सय ७९ रन बनाउँदा अल आउट भयो । नेदरल्यान्ड्सका नोह क्रोसले नट आउट ४६ रन बनाए । यस्तै म्याक्स ओडाउड ४१ रन बनाएर आउट भए । नामिबियाका कप्तान गेरहार्ड इरासमस र जान फ्रालिन्कले समान ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबिया ४१ ओभर ३ बलमा २ सय ३ रन बनाउँदा अल आउट भयो । नामिबियाका जोन निकोल लोफ्टी एटनले ४९, मलन क्रुगेरले ३९, जान फ्रालिङ्कले ३४ रन बनाए । नेदरल्यान्ड्सका भिभान किङ्माले ३ तथा आर्यन दत्त र रोल्फ भान डेर मेर्वेले समान २ विकेट लिए ।

यो जितसँगै नामिबिया ४ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ३ खेल खेलेका नेपाल र नेदरल्यान्ड्स २ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । यो शृङ्खलाको अन्तिम खेलमा पर्सि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक ; मुख्यमन्त्री यादव

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेस प्रदेशसभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने उल्लेख गरे।

वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारले समाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै मुख्यमन्त्री यादवले श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार कुनै कसर बाँकी न राख्ने प्रतिबद्धता व्यक्त गरे ।

सीप नहुँदा वैदेशिक रोजगारीमा ठूलो समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले वैदेशिक रोजगारीमा जानेलाई सीपप्रति आकर्षित गर्ने कार्यक्रम ल्याउन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए ।

ग्रामीण क्षेत्रबाट दैनिक मजदुरीका लागि सदरमुकाम आउने श्रमिकको आवासको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले आठवटै जिल्लाको सदरमुकाममा श्रमिक भवन निर्माणका लागि बजेट व्यवस्थापन भइसकेको र सम्बन्धित स्थानीय तहहरुसँग समन्वय भइरहेको जानकारीसमेत गराए।

श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादवले आप्रवासी कामदार समस्यामा पर्दा सरकारको तर्फबाट यथोचित सहयोग नहुनु दुःखद् भएको बताए ।

गोष्ठीमा प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य, श्रम तथा यातायात मन्त्रालयका पदाधिकारी एवं श्रमसँग सम्बन्धित प्रदेश सरकारका प्रतिनिधि, सामी एवं रेग्मी परियोजनाका पदाधिकारीलगायतका सरोकारवालाको सहभागिता थियो ।