जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • १0 घन्टा अगाडि

मिटरब्याज पीडितलाई न्याय दिलाउन राष्ट्रियसभा सांसदको माग

राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरे ।

सांसद जगतबहादुर पार्कीले तत्कालीन नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले संसद् विघटन गर्दा व्यवस्थाका बारेमा निराशावादी सोच उत्पन्न भएको टिप्पणी गर्दै वर्तमान सत्ता गठबन्धनको सरकारले संविधानलाई मजबुत बनाउने ऐतिहासिक काम गर्न थालेको दाबी गरे ।

वर्तमान सरकारले सुशासनका काम गर्दै आएको र सिङ्गो राष्ट्रलाई समृद्धितिर लैजान खोजेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनका बेला गरेको प्रतिबद्धता कार्यान्वयन गर्न प्रयत्न गरिरहेको उल्लेख गरे ।

सांसद पार्कीले सरकारले गरेको प्रयासका कारण नै अर्बौंको सार्वजनिक जग्गा सरकारका नाममा आएको उल्लेख गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि सङ्कल्प गरेको बताए । साथै उनले सुदूरपश्चिममा विगतमा राष्ट्रिय गौरवका आयोजनाका लागि बजेट प्राथमिकता नपर्ने गरेको गुनासो गर्दै आगामी बजेटमा प्राथमिकतामा राख्न सरकारसँग मागसमेत गरे ।

सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका बताउँदै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गरीन् । उनले बालकुमारी घटनामा निर्दोष युवकको मृत्यु भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गरीन् ।

सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको टिप्पणी गर्दै उनले गैरजिम्मेवार काम गर्ने मन्त्रीको राजीनामा माग गरीन् । सांसद दाहालले जनतामा निराश बढेको र विदेश पलायन हुने क्रम बढेको सन्दर्भमा समाधानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गरे । उनले नारायन–बुटवल खण्डको सडकको दुर्दशाका बारेमा जानकारी गराउँदै सडक भत्काएर जनतालाई दुःख दिन नहुने धारणा राखे ।

आगामी दिनमा बाटो भत्काउने र बनाउने कामसँगै गर्नुपर्ने उल्लेख गर्दै मिश्रले ठेकेदारलाई त्यही शर्तमा मात्र ठेक्का दिनुपर्ने बताए । उनले मुलुकमा प्रतिगमनकारीले टाउको उठाउन लागेको भन्दै राष्ट्रिय एकताको आवश्यकता औँल्याए ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको विमानस्थल सञ्चालन हुन नसक्दा जनता पीडित भएको बताउँदै सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले अब आउने बजेटमा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकता राख्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिइन् । सांसद गैरेले बालकुमारी घट्नामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको दोष नरहेको खण्डन गर्दै सोसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि मात्र सत्यतथ्य बाहिर आउने धारणा व्यक्त गरीन् ।

सांसद तुलबहादुर विश्वकर्माले वर्तमान सरकारले मुलुकभरका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्नका लागि पठाएको निर्देशनको प्रसंशा गरे । साथै उनले मिटरब्याजी पीडित न्यायका लागि काठमाडौँ आएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा बनेको कानुन कार्यानवयन गर्न माग गरे ।

सांसद खिमलाल देवकोटाले महाविर पुनले वीरगञ्ज कृषि कारखाना सञ्चालनका लागि रकम चाहियो भने आफ्नो किताब बेचिरहेको उल्लेख गर्दै आवश्यक रकम जोहो गर्नका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निष्कर्षमा पुर्‍याउन सरोकारवाला सबैको ध्यानाकर्षण गराए ।

सांसद डा विमला राई पौड्यालले केही समय अघिसम्म नेपालमा चिकित्सा शिक्षाको राम्रो छाप रहेको बताउँदै नियमनको लागि ल्याइएका नयाँ मापदण्डले चिकित्सा शिक्षालाई सङ्कुचन गरेको उल्लेख गरीन् ।

उनले नेपालमा पढ्न सहज नभएपछि नेपाली विद्यार्थी सिमानामा रहेका छिमेकी मुलुकका संस्थामा पलायन हुन बाध्य भएको बताउँदै कानुन संशोधन गरेर भए पनि नेपालभित्रै पढ्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय संसदमा प्रवेश

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानी विषय संसदमा प्रवेश गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका सांसद माधव सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषयमा प्रश्न उब्जाएका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोप प्रत्यारोपसहित प्रतिशोधमा उत्रिएका थिए । प्रतिपक्षी दलका सांसदहरुले सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आक्रोशसहित अभिव्यक्ति दिएका थिए । प्रतिपक्षी दलका सांसदको आक्रोश र आरोपयुक्त अभिव्यक्तिको प्रतिवाद गर्ने क्रममा सांसद सापकोटाले महासचिव पाण्डेयको नागरिकता र राहदानीको विषय उठाएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको सल्लाहअनुसार सभामुख देवराज घिमिरेले संसदको महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए । तिमिल्सिना र घिमिरे एमालेबाट सभाध्यक्ष र सभामुखमा चयन भएका थिए । एमालेका प्रमुख सचेतक पदम गिरी र सांसद योगेश भट्टराईसहित प्रतिपक्षी दलका सांसदको सरकार र मन्त्री तथा सत्तारुढ दलप्रति आरोपयुक्त अभिव्यक्ति आएपछि माओवादी केन्द्रका सांसद सापकोटाले संघीय संसद् सचिवालयका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएका हुन् ।

‘म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न । संसद्मा हाम्रो महासचिवको तीनवटा नागरिकता छ, दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न,’ सांसद सापकोटाले बैठकमा भने ।

महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे सञ्चार माध्यममा समाचार आइरहेका बेला शुक्रबार संसदमा समेत प्रवेश भएको हो ।

मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् । त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो । प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

युवा संघ नेपालले आयोजना गरेको र फागुन १९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् । दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् । चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

टिआरसी विधेयक ५ दिन भित्रमा सदनमा प्रस्तुत हुन्छ ; प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर विधेयक संसदमा पेश हुने दाबी गरे । यो विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने उनले बताए । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया पूरै टुंग्याएपछि जनयुद्ध दिवस पुनः मनाइने र बिदा दिइने दाबी गरे ।

 

सिंहदरबार जान नपाएपछि सडकमै सुते मिटरब्याज पीडित

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए । अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् । उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको बताएका छन् ।

 

ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गयो

ढुङ्गाले लागेर ताप्लेजुङमा आज दिउँसो एक जनाको ज्यान गएको छ । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक डीएसपी राजन लिम्बुले जानकारी दिनुभयो । ढुङ्गाले लागेर कर्णबहादुरको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

जभाभाबी फोहोर फाल्दा लुम्बिनीको बजार छेत्र र बस्ती छेउमा सही नसक्नु दुर्गन्ध

बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभाबी फालिएका फोहोरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ । सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरूपमा काम नलाग्ने अन्य वस्तुहरू जताततै अव्यवस्थितरूपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ ।

बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैँचा र मुख्य प्रवेशद्वारमा फोहोरको दुर्गन्ध सही नसक्नु भएको बताउनुभयो ।

लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयवासीसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडीबी र विश्व बैंकलगायतका सङ्घ–संस्था लामो समयदेखि कार्यरत रहे पनि फोहोरको ब्यवस्थापन हुन सकेको छैन ।

अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहोर फ्याँकिएका छन् । फोहोर नपुरेकाले दुर्गन्ध फैलिएको छ । फोहोर सङ्कलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहोरको विर्सजन चुनौतीपूर्ण बनेको बताउनुहुन्छ वातावरणका जानकार डाक्टर सतीश उपाध्याय ।

नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको काम गरिरहेको र ‘ग्रीन लुम्बिनी, क्लिन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमवारलाई ‘ग्रीन डे, क्लिन डे’ का रूपमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाको सरसफाइ शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहोर उत्पादन हुने गरेको छ । त्यहाँ ८० भन्दा बढी होटेल तथा रेस्टुरेन्ट, एक हजारभन्दा बढी थोक तथा खुद्रा पसल र बर्सेनि १० लाख पर्यटकका चापका कारण फोहोर व्यवस्थापनमा समस्या नगरपालिकाको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ । यो परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणमा दुई करोड रुपैयाँ छुट्याएको छ । वडा नम्बर ५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नहुकिने फोहर छुट्याएर व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ ।

पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो जीवाश्म फेला

पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो नयाँ जीवाश्म फेला परेको वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूका अनुसार पाँच मिटर लामो सरीसृपको जीवाश्म सग्लो अवस्थामा फेला परेको छ । गर्धन निकै लामो भएकाले यसलाई ड्रागन उपनाम दिइएको छ । यो प्रजाति सन् २००३ मा पत्ता लागेको थियो । अहिले फेला परेको जीवाश्मले वैज्ञानिकहरूलाई अनौठो देखिने प्रागैतिहासिक जीवको पूर्ण शारीरिक संरचना कस्तो थियो भन्ने जान्न अवसर दिएको बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो सग्लो अवशेष देख्न पाएका नेशनल म्युजिएम्स स्कटल्यान्डका डाक्टर निक फ्रेजरले बताउनुभयो । यो जीवाश्म दक्षिणी चीनमा प्राचीन चुनढुङ्गा भएको ठाउँमा फेला परेको हो । यो जीवबारे वर्णन गरिएको एउट शोधपत्र एक जर्नलमा भर्खरै प्रकाशित भएको छ ।

अवैध बाटो भएर अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड उडानबाट काठमाण्डौ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । आज उनीहरूलाई सम्पर्कमा बोलाएको र कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्ने उहाँले बताउनुभयो ।

मोरङमा मार्बल बोकेको ट्रक पल्टिएर किचिँदा ३ जना बालबालिकाको ज्यान गयो, २ जना घाइते

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । मार्बल बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा बुढीगङ्गा–४ प्रगति टोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्त तथा सन्जु खवासको आठ वर्षे छोरी रिहाको ज्यान गएको हो ।

घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिँडिरहेका रिहाको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास घाइते हुनुभएको छ । प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको हो ।

 

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं र बैतडीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-६ बौद्धमा बा.प्र.०२-०२३ प ८६४८ नम्बरको मोटरसाइकल र ना.८ ख ११९९ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-६ तिनचुली बस्ने ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा घर भएकी १८ वर्षीया सम्झना राईको बिहीबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बैतडीको डिलासैनी गाउँपालिका-१ घारडामा सु.प.प्र.०१००१ च ३१४६ नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार डिलासैनी  गाउँपालिका-१ धौला बस्ने ५० वर्षीय गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अपराधीको कुनै पार्टी या जात हुँदैन ; संसद् बजगाईँ

प्रतिनिधिसभा संसद् राजेन्द्र बजगाईँले अपराध कर्ममा सम्लग्न जो कोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । अपराधीको कुनै पार्टी या जात नहुने भन्दै उनले प्रतिनिधिसभाको आजको बैठकमा अपराधिलाई राजनीतिक संरक्षण हुन नहुनेमा जोड दिए । मिटरब्याज, सहकारी तथा लघुवित्त समस्यामा सदनमै सत्तापक्ष र प्रतिपक्षबिच आरोप प्रत्यारोप चल्नु दुखद भएको भनाइ छ । क्षणिक चर्चाको लागि एकले अर्कोलाई आरोप लगाउनुको सट्टा यो समस्या समाधानको लागि दलहरू एकजुट हुनुपर्ने उनले बताए । ललिता निवासको मुद्दाको फैसला आएपछि भूमाफियाहरुको मनोबल घटेको भन्दै संसद् बजगाईँले अन्य प्रकरणमा पनि अनुसन्धानले गति लिनुपर्नेमा जोड दिए । साथै उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता विवादले भ्रम सृजना गरेकोले उचित छानबिन हुनुपर्ने बताए ।