जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • ९ घन्टा अगाडि

संसद् बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने गरी बोलाइएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ पेश गर्ने तय भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेश गर्नेछन् ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ पेश गरिने भएको छ ।

आजको बैठकमा गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा प्रस्ताव गर्दैछन् ।

विधायन विधेयक, २०८० सबन्धमा ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरू र विधेयकका दफाहरूलाई निर्माणार्थ पेश प्रस्तुत गरिनेछ भने भने कानुन मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जनाएका छन् । तर, सरकारले आजको बैठकमा पनि अध्यादेशलाई कार्यसूचीमा समावेश गरेको छैन ।

त्यस्तै राष्ट्रियसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक-२०८१’ सभा समक्ष पेस गर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।

शनिबार साझसम्म भाजपाले दिल्लीमा ७० सिटमध्ये ४५ सिट जितेको छ भने तीन सिटमा अग्रता लिएको छ । आम आदमी पार्टीले २१ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ ।

सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन । सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।

सुशासन’को विजयः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताएका छन् ।

उनले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताएका छन् । प्रधानमन्त्री मोदीले भने, ‘जनशक्ति सर्वोपरि छ ! विकासको जित हुन्छ, सुशासनको जित हुन्छ ।’

उनले भने, ‘यो शानदार र ऐतिहासिक जनादेशको लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइहरूलाई नमन गर्दछु । यी आशिषहरू प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौं ।’

उनले भने, ‘हामी दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नेछैनौं। यो हाम्रो प्रतिवद्धता हो ।’

आपद्वारा हार स्वीकार

दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गर्नुभएको छ भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् ।

आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिएका छन् । केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भनेका छन्, ‘जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौं । म भाजपालाई यो जीतको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै वाचाहरू पूरा गर्नेछन् जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन् ।’

उनले भने, ‘विगत १० वर्षमा हामीले स्वास्थ्य, शिक्षा, पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका छौं । हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने छैनौं, जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौं । ’हामी सत्ताका लागि राजनीतिमा आएका होइनौं, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रुपमा लिएका छौं ।’

एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सिचुवानमा पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २०० जना विस्थापित

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पहाडका केहि क्षेत्रमा आंशिक बदलीको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मुख्यगरी कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी अन्य प्रदेशका केहि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । विशेष गरी बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज २०८१ साल माघ २७ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। साथीसँगको सहकार्यले फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवनरसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

वृषः बोलीकै कारण काम बन्नेछ। गला र कलाको प्रदर्शन गर्ने दिन छ। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गरेमा नतिजा राम्रो प्राप्त हुनेछ। बोलीमा सुधार आवश्यक हुनेछ।

मिथुनः दिन राम्रो छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। विपक्षी साथी तपाईंको साथमा रहेकाले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक क्षेत्रको विवादले मन अशान्त भए पनि समाधानका सुत्र पत्ता लाग्नेछन्। परिवारको सल्लाहले मन शान्त बन्नेछ।

कर्कटः साना कुरामा झन्झट बढ्नेछ। विपक्षी साथीले बोलेको कुरालाई स्वीकार गर्नुपर्ने दिन आएको छ। परिवारका सदस्य तपाईं अनुकुल भएकाले मन शान्त बन्नेछ। अनुत्पादक क्षेत्रको लगानी घटाउनु पर्नेछ।

सिंहः दिन राम्रो छ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी मोर्चामा बौद्धिक व्यक्ति भएकाले तर्क गर्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कन्याः शिक्षा र स्वास्थ्य क्षेत्रको मिहिनेत सफल बन्नेछ। महत्त्वपूर्ण काममा अवरोध हुनेछ। परिवारलाई विश्वास गर्नाले समस्या बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

तुलाः बौद्धिक क्षेत्रका व्यक्तिसँग भेट हुनेछ। साथीसँगका शंका कम हुँदै जानेछन्। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। साथीभाइ दाहिना भएकाले सोचेका काम बन्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। बन्धुसँग कार्यगत एकता गरेमा फाइदा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः दिन राम्रो छ। थोरै लगानीबाट पनि राम्रो फाइदा हुनेछ। विपक्षी साथीकोसमेत साथ मिल्नेछ। तपाईंका योजना कार्यान्वयन हुने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। साथीभाइले भन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः सानो कुराले काममा अवरोध गर्नेछ। सम्पत्तिको लगानी उचित ठाउँमा हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दिनको सुरुवात दान गरेर गर्नुभएमा हरेक काममा सफलता मिल्नेछ।

मीनः अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। सहकर्मीले साथ दिनेछन्। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। समाजमा थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

दार्चुलामा भारतको सहयोगमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रुपमा शनिबार भवनको उद्घाटन गरेको दूतावासले जनाएको छ । कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरुको उपस्थिति थियो।

भारत सरकारको अनुदान सहयोगमा निर्मित भवनमा स्वास्थ्य चौकी र अन्य सम्बन्धित सुविधाहरु रहेका छन्। उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत निर्माण गरिएको यो परियोजना नौगाड गाउँपालिका मार्फत कार्यान्वयन भएको हो।

गाउँपालिका अध्यक्ष धामीले नेपालको विकासमा भारत सरकारले निरन्तर सहयोग गरेकोमा प्रशंसा व्यक्त गरे। उनले दुर्गम क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा पुर्‍याउन यो भवन महत्वपूर्ण हुने बताए। भवनले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवामा सुधार ल्याउने र समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। परियोजनाबाट १५ हजारभन्दा बढी स्थानीय लाभान्वित हुने अनुमान छ।

भारत र नेपालबीचको बहुक्षेत्रीय सहकार्यलाई उजागर गर्दै काउन्सिलर सिंहले उच्च प्रभाव सामुदायिक विकास परियोजनाले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा भारत सरकारको सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएको दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  

अबको तीन वर्षमा देखिने गरी काम गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढङ्गले चल्न दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनमा बोल्दै महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताए ।

उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको धारणा राखे । सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कँदा आफै संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले पटक पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने बताए । अबको तीन वर्षमा देखिने गरी काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले संघीयताका विषयमा बेठिक कुरा हुने गरेको भन्दै अहिले समस्या प्रदेशमा नभई संघमा देखिएको जिकिर गरे । तीन तहको सरकारले एक–अर्काको अधिकार खोस्ने काम गर्न नहुने उनले बताए ।

राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक वहन गरेको बताए ।

उनले आन्तरिक स्थितिलाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको बताए । नागरिक प्रशासनको आधारभूत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक बनाउनुपर्ने बताए । उनले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘हरेक विषम परिस्थितिहरुमा राज्यका हरेक जिम्मेवारी निष्ठापूर्वक वहन गरेको इतिहास छ । आगामी दिनमा नेपालको संविधान र प्रचलित कानूनको रोहमा नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन होइन, राज्यको उपस्थिति र नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक छ ।’

उनले थप भने, ‘आन्तरिक आदेशको श्रृंखलालाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको झन टड्कारो आवश्यकता हो । नागरिक प्रशासनको आधारभुत मान्यता र न्यायका मान्य सिद्धान्तलाई केबल जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक प्रहरी सेवाको अपेक्षा राख्दछ । राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था हाम्रो आवश्यकता हो । यसले नागरिक हकको प्रत्याभुति निष्पक्ष र स्वच्छ कानून कार्यान्वयन, अपराध अनुसन्धान गर्दै लोकतन्त्रको आधारभुत चरित्रलाई समाजमा स्थापित गर्नेछ ।’

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताए । -न्युज एजेन्सी नेपाल

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी

एजेन्सी – भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उनको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको छ ।

निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ ।

भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ । राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताए।

उनले भने, ‘यो जित विकासको हो, सुशासनको जित हो ।’

मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित भए।

सप्तरीबाट सात सय २६ केजी गाँजा बरामद

सप्तरी– बोदेबरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र।१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो ।

मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ ।

गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।

अध्यादेश लोकतन्त्रको भावना विपरीत उपाध्यक्ष श्रेष्ठ

रामपुर– नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यादेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, सामाजिक अधिकार प्राप्त गर्न नसकेको उनको कथन छ । विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए। केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको खबरदारी गर्दै आएको बताए।

केजरीवालकै शैलीमा रवि लामिछानेको पनि विलय हुन्छ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विलय भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालको जस्तै हुने कटाक्ष गरेका छन् ।

दिल्ली विधानसभा चुनावमा केजरीवाल पराजित भएपछि बस्नेतले दुवैको तस्बिर फेसबुकमा राख्दै सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमनत्ती लामिछानेको विलय केजरीवालको जस्तै गरी हुने कटाक्ष गरेका हुन् ।

‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ ।

नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै छ,’ बस्नेतलेले लेखेका छन्, ‘केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै–उस्तै हुनेछ । बालेन्द्र हर्केको कुरै नगरौँ ।’