जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ५ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ७ घन्टा अगाडि
  • ७ घन्टा अगाडि

समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्बोधन गर्दै उनले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका हुन् ।

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात् गर्दै उत्पादनका निमित्त सङ्घर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको उनको भनाइ थियो ।

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने भन्दै प्रचण्डले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्नेमा जोड दिए ।

आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि प्रचण्डले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई आधार र सूचना प्रविधिलाई लिडको रूपमा स्थापित गरेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाए ।

किसान महासंघले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उनले बताए । आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोभन्दै प्रचण्डले आपत्ति जनाए ।

आगलागीबाट मन्त्रालयका महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले आगलागीबाट मन्त्रालयका अति आवश्यक र महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका छन् ।

मन्त्रालयमा शनिबार बिहान करिब साढे ८ बजेतिर आगलागी भएपछि मन्त्री यादवले मन्त्रालयका अति आवश्यक र महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका हुन् ।

आगलागी भएको खबर पाएपछि मन्त्रालय पुगेका मन्त्री यादव, सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडीसहितको टोलीले जलेको कार्यकक्षको निरीक्षण गरेका थिए ।

निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री यादवले भने, ‘मैले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्दिनँ, सबै सही गरेर सचिव ज्युलाई पठाउने गर्छु । सामान्य केही पढ्नका लागि राखिएका कागजात बाहेक कुनै पनि महत्त्वपूर्ण कागजात नष्ट भएको छैन ।’

विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गर्दै मन्त्री यादवले भने, ‘दुःखद घटना भयो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिजो शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको थियो । मैले कार्यालय सहयोगीलाई यसको जानकारी गराएको थिएँ । पानी तताउने मेसिन होला भनेर विद्युत्का सबै प्लगहरू निकाल्न लगाएको थिएँ । आज भने आगलागी भयो ।’

आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा पूर्ण रूपमा क्षति पु¥याएको छ । अचानक लागेको आगलागीले मन्त्री यादवको कार्यकक्षमा रहेका दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटरलगायतका सामग्रीमा क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।

उनले आगलागीबाट झण्डै ५० लाख बारबारको क्षति भएको हुन सक्ने अनुमान गरिएको र क्षतिको विवरणबारे छानबिन भइरहेको पनि बताए । आज बिहान ८ बजेर ४० मिनेटमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी तथा दमकलको सहायताले सवा ९ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा उनले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताए।

दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गराएको उनले बताए।

‘नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ’, उनले भने, ‘यस्तै सङ्घसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पुर्‍याउँछौँ ।’

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्रीले बताए। साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको बताए। विधेयकका कमीकमजोरी संसद्मा सच्याउन सकिने भन्दै उनले चित्त नबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिए।

बुढासुब्वा गोल्डकप : एनआरटी र चर्च ब्वाइजबीच आज उपाधि भिडन्त

काठमाडौं– २५औँ संस्करणको बुढासुब्वा गोल्डकप फुटबलमा आज साविक विजेता न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच आज उपाधि भिडन्त हुँदैछ ।

धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा हुने फाइनल भिडन्तमा एनआरटी दोस्रो पटक उपाधि चुम्ने लक्ष्यमा रहँदा चर्च ब्वाइज पहिलो उपाधिको खोजीमा रहने छ ।

एनआरटी सेमिफाइनलमा यूकेएफसी भारतलाई हराउँदै फाइनलमा पुगेको हो भने चर्च ब्वाइजले सेमिफाइनलमा भुटानको आरटीसीलाई हराएको थियो ।

१० टोली सहभागि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने छन् । यस्तै, उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब सहभागि छन् ।

क्षेत्र निर्धारण गरेर फोहोर व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा)ले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि ६ वटा क्षेत्र निर्धारण गरेको छ ।

फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार ६ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहोरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो ।

स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहोरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहोर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको हो ।

यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लगाउने गरेको छ । प्रमुख राईका अनुसार फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ ।

हाल वडा नम्बर ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहोर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ ।

स्रोतमा उत्पादित फोहोर मध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ । यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहोर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो ।

हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६ सय मेट्रिक टन फोहोर निस्कने गर्छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ ।

कसरी गर्ने फोहर वर्गीकरण ?
भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहोर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहोर उत्पादकले नै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने कामपाबाट फोहोर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहोर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहोर हुन् ।

विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्‍टि खर्च

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।

शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै पीडा दिने अवस्थामा यो राहत कार्यक्रमले केही सहयोग पुग्नेछ ।’

राहत रकम हस्तान्तरण अन्तर्गत शुक्रबार गाउँपालिकाले दुई परिवारलाई १० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । गाउँपालिकाको वडा नम्बर २ बौनियाका मृतकका छोरा कालु लुहार र वडा नम्बर १ कट्टीपुरका मृतक ६ दिने शिशुका बाबु सुवास नेपालीलाई रकम वितरण गरेको छ ।

पहिलो दिन कालु लुहारलाई गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर र सुवास नेपालीलाई वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमले घरमै पुगेर रकम हस्तान्तरण गरे । देहावसान सहानुभूति कार्यक्रमअन्तर्गत चाँडै नै शव चिस्यान सेवा सुरु गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार यस क्षेत्रका अधिकांश मानिसहरू रोजगारीको सिलसिलामा भारतलगायत तेस्रो मुलुक जाने गर्छन् । घरमा रहेका परिवारका सदस्यको मृत्यु भएमा शव केही दिन राख्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मृतकको छोराछोरी वा अन्य आफन्त नआउँदासम्मका लागि शव सुरक्षित राख्न चिस्यान सेवाले सहयोग पुग्नेछ ।

निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप

पर्वत । पर्वतमा निर्माणाधीन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन गरिएको छ।स्तरोन्नतिसहित कालोपत्रको काम भइरहेका सडक पूर्णरूपमा सम्पन्न गर्नका लागि बजेट अपुग भएपछि अर्थ मन्त्रालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट थप गरिएको हो । चार वटा योजनामा रू तीन करोडका दरले र एक योजनामा रू चार करोड गरी रू १६ करोड बजेट थप भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

बजेट थप भएका योजनामा दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडक, लेखफाँट–शालिजा सडक, देउपुर–पूर्णगाउँ–घुरूङ्गा सडक, लिमठाना–अर्चले–भँगरा सडक र वालिङ–हुवास–सेतीवेणी सडक रहेका छन् । सङ्घीय सरकारमार्फत निर्माणाधिन उक्त सडकलाई पूर्णता दिनका लागि बजेट माग गरिएकोमा हालै मन्त्रालयबाट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य पदम गिरीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुश्मा नगरपालिकामा पर्ने दोविल्ला–पकुवा–गँगटे–डाँडाखर्क सडकका लागि रू तीन करोड विनियोजन भएको छ । यो सडकमा यसअघि रू एक करोड ६२ लाखको बजेट विनियोजन भएर निर्माणाधीन अवस्थामा रहेको थियो ।

यसैगरी जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत रहेका रणनीतिक सडकमा समावेश लेखफाँट–शालिजा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । उक्त आयोजनामा यसअघि चालु आर्थिक वर्षमै रू दुई करोड ९५ लाख विनियोजन भई निर्माणाधिन अवस्थामा रहेको थियो भने मोदी गाउँपालिकामा पर्ने देउपुर–पुर्णगाउँ–घुरूङ्गा सडकका लागि पनि रू तीन करोड विनियोजन भएको छ । यो योजनामा चालु आर्थिक वर्षको बजेटमा रू एक करोड ६२ लाख विनियोजन भएको थियो ।

फलेवास नगरपालिकामा रहेको लिमठाना–अर्चले–भँगरा सडकका लागि पनि रू तीन करोड बजेट थप भएको छ । कालोपत्रको काम भइरहेको यो सडकमा यसअघि रू एक करोड ६२ लाख विनियोजन भएको थियो । निर्माणाधीन यो सडकले फलेवास नगरपालिकाका तीन वटा वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने भएको छ । यसैगरी स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास–सेतीवेणी सडकका लागि रू चार करोड बजेट थप भएको सांसद गिरीले जानकारी दिए । उनका अनुसार उक्त सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ भने उरामदेखि सेतीवेणीसम्मको खण्डका लागि बजेट थप भएको हो । यो सडकमा यसअघि रू एक करोड विनियोजन भएको थियो ।

पर्वतका सातवटै पालिकासम्म कालोपत्र सडकको पहुँच विस्तार भएको छ । वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुर्‍याउने योजनाअन्तर्गत निर्माणाधीन रहेका सडकलाई पूर्णता दिनका लागि निरन्तर बजेट व्यवस्थापनमा लागेको सांसद गिरीले बताए । अहिले थप भएको बजेट चालु आवभित्रै काम सुरू गर्ने गरी व्यवस्थापन भएको उनले बताए । सांसद गिरीले भने, ‘चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको छ ।

कच्ची, जीर्ण र साँघुरो सडकका कारण ग्रामीण क्षेत्रका बासिन्दालाई कृषिउपजको बजारीकरण र आवतजावतमा वर्षौंदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएको छ ।’ पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले थप भएको बजेटलाई पनि चालु आवभित्रै कार्यान्वयनमा लगिने बताए । डिजाइन, स्टिमेट भइसकेकाले नियमित काम हुने उनको भनाइ छ ।

महाकुम्भ मेलामा हाल सम्म ४२ करोड तीर्थयात्री सहभागी

गंगा, यमुना र सरस्वती नदीको संगममस्थल प्रयागराजमा जारी महाकुम्भ मेलामा ४२ करोड भन्दा बढी तीर्थयात्री सहभागी भएका छन् ।

विश्वको सबै भन्दा ठूलो धार्मिक उत्सव प्रयोगराजमा ४२ करोड भन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको सरकारी अधिकारीहरुले जानकारी गराएका हुन् ।

भारतीय सञ्चार माभ्यमका अनुसार आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर सहभागीहरुको संख्या अनुमान गरेका हुन् । उत्तरी शहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ता भन्दा बढी समय बाँकी छ ।

महाकुम्भ मेला २०२५ जनवरी १३ बाट शुरु भई आगामी फेब्रुअरी २६ मा सम्पन्न हुनेछ । अहिले सम्मको आँकडाले यस वर्षको कुम्भ मेलाले इतिहासमै सबै भन्दा ठूलो भीड आकर्षित गरेको देखाएको छ ।

प्रविधिको प्रभावकारी प्रयोग, धार्मिक र सांस्कृतिक गतिविधिहरूको सम्पन्नता, तथा सुरक्षात्मक व्यवस्थाहरूले यस पटकको महाकुम्भ मेलालाई व्यवस्थित बनाएको समाचारमा उल्लेख छ ।

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यस बाट हुन सक्ने असर बाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज २०८१ साल माघ २६ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृषः बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मन हलुका हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेका छन्। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा हुने योग छ।

कर्कटः दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः सोचेका काम बन्नेछन्। लगानीका क्षेत्र सबल रहेका छन्। राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

कन्याः लगानीबाट फाइदा हुने दिन छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ। परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ।

तुलाः तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ। सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ। खानपानमा ध्यान नदिँदा रोग बढ्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिकः उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा झन्झट बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। स्वास्थ्यले साथ दिनाले खुशी मिल्नेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। परिवारसँग्को सम्बन्ध भने सुमधुर बन्नेछ।

मकरः सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीभाइको साथले खुशी मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विवाद नगर्नु राम्रो हुनेछ।

कुम्भः सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। टाउको दुख्ने समस्याले सताउने जोखिम छ। धनका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ।

मीनः दिन सामान्य छ। सानो विषयले मन अशान्त बन्नसक्छ। आफूलाई कमजोर नसोच्नु राम्रो हुनेछ। खानपानामा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

भारतको सहयोगमा धादिङको कुरीमा स्वास्थ्यचौकी-वर्थिङ्ग सेन्टर भवन बन्दै

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ ।

संविधान सभा सदस्य दिलमान पाख्रिन, धादिङ जिल्लाको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको आर्थिक सहयोगमा २ करोड ५१ लाख रुपैयाँ लागतमा स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण गर्न लागिएको हो ।
अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा पनि प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ ।

प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण संसदमा उपस्थित हुन सक्नु भएनः महेश बर्तौला

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसदलाई सम्बोधन गर्नेकुरा प्रधानमन्त्रीको जानकारीमा भएपनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसदमा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताए ।

उनले भने ‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनु भएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो । हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो । तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनैपनि सार्वजनिक कार्यक्रमहरू रहेन । त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो । अरु कुनै कारण भएर नआउनु भएको होइन । स्वास्थ्यको असहजताले गर्दै आउनु भएन ।’

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ । तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधि सभा बैठकमा उपस्थित हुनु भएको थिएन । सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ ।