जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ९ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ९ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ११ घन्टा अगाडि
  • ११ घन्टा अगाडि

स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते

काठमाडौं। स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान वालिङ नगरपालिका– १४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा ग१च ८९१३ नम्बरको स्कारपियो दुर्घटना भएको हो।

दुर्घटनामा वालिङ नगरपालिका– १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका– ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

किन रोकियो ग्वार्को फ्लाइओभर निर्माणको काम ?

काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर तोकिएको समयमा सम्पन्न हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् । २०७८ फागुनमा सुरु गरिएको ओभरपास निर्माण परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको थियो ।

तर, हालसम्म पनि काम सम्पन्न भइसकेको छैन । झनै, पछिल्लो एक महिनादेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प छ । यसको मुख्य कारण निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अघि नबढाएको हो ।

यसअघि पनि बर्खायामका कारण भन्दै चार महिनासम्म निर्माण कार्य रोकिएको थियो । बीचमा केही प्रगति भए पनि गति अपेक्षाकृत थिएन । सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार पछिल्लो एक महिनायता निर्माण व्यवसायीले कुनै गतिविधि अघि बढाएका छैनन् ।

यस परियोजनाको नेतृत्व लिएको आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का लिएको थियो । निर्माण कार्य मुख्यतः रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । प्रारम्भिक सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्धारित म्याद गुज्रिसकेको हुँदा दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थप गरिएको थियो । पछिल्लोपटक म्याद २०८१ पुस ९ सम्म लम्ब्याइएको थियो । उक्त अवधिभित्र पनि निर्माण कार्य पूरा नभएपछि पुस १० बाट निर्माण व्यवसायीलाई जरिवाना लगाएर काम अघि बढाइएको थियो ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि जरिवानासहित निर्माण कार्य अघि बढाइएको थियो । तर, कामको गति अपेक्षाकृत रूपमा अघि नबढेको उनको भनाइ छ । उनले निर्माण कम्पनीहरूसँग आवश्यक छलफल भइरहेको र छिट्टै निर्माण कार्य पुनः सुरु हुने आशा व्यक्त गरे ।

यता, आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले निर्माण कार्य रोक्नुको जिम्मेवारी गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशनलाई दिएका छन् । उनका अनुसार केन्द्रका अधिकारीहरूले पहिल्यै परीक्षण भइसकेका कामहरूलाई बारम्बार दोहोर्याएर जाँच गर्न लगाएर निर्माण प्रक्रियामा अवरोध पुर्याएका छन् ।

मन्त्रालयमा सरुवा भएका पूर्वनिर्देशक प्रभातकुमार झाले भने आफूले काममा कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । उनले भने, ‘गुणस्तर परीक्षण आवश्यक भएकाले केन्द्रले तोकेको मापदण्डअनुसार जाँच गर्न लगाइएको हो, नयाँ परीक्षण भने गराइएको छैन ।’

हालसम्म ओभरपास निर्माणमा ४४ करोड रुपैयाँ खर्च भइसकेको छ भने थप १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । अहिलेसम्म कुल ८२ प्रतिशत काम मात्र सम्पन्न भएको छ । ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण भइरहेको यस ओभरपासका क्रममा विभिन्न प्राविधिक समस्याहरू देखिएका कारण काम पटक–पटक रोकिएको हो ।

५४० मिटर लामो यो ओभरपासमा आवतजावत सहज बनाउने संरचनाहरू निर्माण गरिँदैछ । छेउछाउमा कंक्रीट प्यानल र पोलिमर रेन्फोर्समेन्ट प्रविधि प्रयोग गरेर र्याम्प निर्माण गरिने योजना छ । तर, सातदोबाटोतर्फ निर्माण गरिएको ४० मिटर लामो र्याम्प पुनः झिकेर राख्नुपर्ने अवस्था आएको छ । आयोजनाका अनुसार केही निर्माण कार्यमा त्रुटि देखिएकाले पुनःसमस्या समाधान गर्नुपरेको हो ।

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

चितवन। भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकले जिल्लाको मौरी घारको निरीक्षणका क्रममा सो माइट फेला पारेका हुन् ।

विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयको मौरी तथा परागसेचनविज्ञ डा केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले गरेको निरीक्षणका क्रममा माइट भेटिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि आधिकारिक रुपमा सरकारले माइट भएको प्रमाणित गर्नुपर्ने हुन्छ । हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ ।

खाग र भिर मौरीमा देखिएको भने पनि व्यावसायिक रुपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचनविज्ञ देवकोटाले विदेशी वैज्ञानिकहरूले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् ।

सोही क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञलाई समेत उनीहरुले सुझाव दिएको देवकोटाले जानकारी दिए । उनका अनुसार तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

वैज्ञानिकहरूसँगै रहेका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताए ।

माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताए ।

उनले भने, ‘यसले मौरीलाई ठूलो असर पुर्याउँछ, समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्छ ।’ भारतलगायत देशमा यो समस्याका कारण मह उत्पादनमा कमी आउने गरेको छ । सम्मेलनमा नेपालसहित अमेरिका, ताइवान, कोरिया, बङ्गलादेश, भारत र नर्वेका वैज्ञानिक सहभागी हुनुहुन्छ । आजसम्म हुने सम्मेलनमा वैज्ञानिकहरूले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेको श्रेष्ठले जानकारी दिए ।

करिब ७०० भन्दा बढीले सम्मेलनबाट लाभ लिएको उनले जानकारी दिए । सम्मेलनमा विश्वविद्यालयले गरेको अनुसन्धानका विषयमा छलफल, अन्तरराष्ट्रियस्तरमा कृषिसम्बन्धी भएका अनुसन्धान र अवस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका विषयको पहिचान एवं प्राथमिकीकरण लगायत विषयमा बृहत् रुपमा अन्तरक्रिया गरिएको छ । यससँगै बाहिरबाट आएका वैज्ञानिकहरूले यहाँका कृषिसित सम्बन्धित विभिन्न विषयमा स्थलगत अध्ययन गरी सुझाव दिएका छन् ।

ऐतिहासिक टक्सारलाई संरक्षणको खाँचो

भोजपुर। औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यति बेला संरक्षणको पर्खाइमा छ ।

यहाँ बनेका कलात्मक शैलीका घरहरू खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ ।

यहाँ निर्माण भएका धातुका सामानहरू देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।

भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरूले बताउने गरेका छन् ।

१८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकारले बताए । यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उनले जानकारी दिए । अहिले पनि ती पैसाहरू पाउन सकिने उनको भनाइ छ ।

यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो । यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिए । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए । ‘यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,’ उनले भने, ‘अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ । त्यति मात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो । यहाँका अधिकांश घरमा धातुका सामग्रीहरू निर्माण हुन्थ्यो । तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ ।’

तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो ।

टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताउछन् । पैसा काटेर बढी भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उनको भनाइ छ ।

त्यति बेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो । ‘यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ’, उनले भने, ‘यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ सङ्कलन गरेर टकमारी गरेको पाइन्छ । टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ । विभिन्न सरकारी अड्डाहरू स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ ।’

वि.सं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उनले जानकारी दिए । त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास रहेको थियो । त्यति बेला बजारमा मानिसहरूको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ ।

२००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरू बताउँछन् ।

टक्सारमा बनेका हस्तकलाका सामग्री भुटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको थियो । यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरू पनि बर्सेनि बन्द भइरहेका छन् ।

यहाँका कालिगडहरूले हाते उद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश–विदेशमा परिचित छन् ।

दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँच वटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताए । यी उद्योगहरूले बजारको मागलाई धान्न समस्या रहेको उनको भनाइ छ । यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए ।

यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्त्व मेटिने अवस्था आएको उनको भनाइ छ । ‘टक्सार धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बजार हो’, उनले भने, ‘तर यो बजार सुनसान बन्दै गएको अवस्था छ । विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँच वटामा सीमित छन् । यहाँ उत्पादन भएका धातुका सामग्रीको धेरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ ।’

एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरू पनि भत्किँदै गएका छन् । यहाँको मौलिकता बोकेका धातु उद्योगहरू धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताए । बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उनको भनाइ छ ।

कोइलालगायत कच्चा सामग्रीको अभावका कारण पनि धातु उद्योग सङ्कटमा परेको उनले बताए । ‘टक्सार पूर्व क्षेत्रको एक ऐतिहासिक बजार हो’, उनले भने, ‘तर यो बजारको ऐतिहासिकतासँगै मौलिकता पनि हराउँदै गएको छ ।’ मुख्य रुपमा बसाइँसराइका कारण यो बजार खण्डहर बन्दै गएको अवस्था छ । अधिकांश कलात्मक घर प्रायः खाली छन्भने कतिपय घरहरू भत्किसकेका छन् । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरू जीर्ण भएर बजारको स्वरूप बिग्रँदै गएको उनको भनाइ छ ।

टक्सारका परम्परागत धातु उद्योग बन्द हुँदा भोजपुर जिल्लाकै चिनारी धमिलिँदै बन्दै गएको उदासले बताए । घर अलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौँ, धरान विराटनगरलगायत ठाउँमा बस्दै आएको उनको भनाइ छ । यहाँका करिब ५० देखि ६० प्रतिशत मानिसहरु घर छाडेर अन्यत्र बसाइँ गइसकेको उदासले बताए । ‘टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक बजार हो,’ उदासले भने, ‘मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड बनेको छ । कलात्मक शैलीमा निर्माण गरिएका मठमन्दिर पनि जीर्ण बनेका छन् । बजार सुनसान छ ।’

राणाहरूले टक्सारबाट डोली पैसा चलाएको समयमा नै यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटी पौवा र मूर्तिहरू बनाइएको स्थानीय बुढापाकाहरू बताउँछन् । तत्कालीन समयमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्रीहरू निर्माण गरिन्थ्यो ।

इतिहास अनुसार १६ औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरू पनि खोलिएको स्थानीय जानकारहरूको भनाइ छ ।

अहिले आएर टक्सारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजार सुनसान बनेको स्थानीयवासी रोशन शाक्यले बताए । पिता पुर्खाले गरी ल्याएको पेसाको निरन्तरतास्वरुप आफूले अहिले धातुका सामग्री बनाउने काम गरिरहेको उनको भनाइ छ । त्यो समयका यहाँ बसोबास गर्ने हुनेखाने वर्ग अन्यत्र गएपछि बजारको थप विकास तथा विस्तारमा बाधा पुगेको उनको भनाइ छ ।

बसाइँ सरेर गएका मानिसहरूले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका त्यस्ता घरहरू जीर्ण बनेको भोजपुर नगरपालिका–१२ टक्सारका वडाध्यक्ष देवी कार्कीले बताइन् । यहाँको ऐतिहासिकतालाई बचाई राख्न वडाका तर्फबाट आवश्यक काम गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ ।

मुख्य रुपमा यहाँका धातुका सामग्री बनाउने पेसालाई संरक्षण गर्न आवश्यक रहेको उनले बताइन् । विगतमा धेरैको सङ्ख्यामा रहेको धातु उद्योग अहिले लोप हुँदै गएको वडाध्यक्ष कार्कीले भनाइ छ । ‘यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरू बन्द हुँदै गएका छन्,’ वडाध्यक्ष कार्कीले भनिन्, ‘अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।’

यहाँको घर छाडेर काठमाडौँ विराटनगरलगायत सहरमा बस्नेहरूले हालसम्म पनि घरजग्गा अलपत्र छाडिदिँदा बस्ती विस्तारमा समस्या रहको उनको भनाइ छ । ‘धेरैले घर छाडेर हिँडेका छन्,’ उनले भनिन्, ‘ती छाडिएका घरहरू भत्किन थालेको अवस्था छ । नयाँ बस्ती विस्तार हुन सकेको छैन ।’ यहाँको सौन्दर्यलाई ध्यानमा राख्दै भावी दिनका कामलाई अघि बढाउने उनले बताइन् । टक्सारमा शाक्यमुनि बौद्ध विहार रहेको छ । यो बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजार भोजपुर सदरमुकामबाट करिब दुई किलोमिटरको दूरीमा अवस्थित छ ।

यहाँ नजिकै टक्सार विमानस्थल छ । टक्सार बजारका धातु उद्योगहरूलाई ब्युँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरूलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको स्थानीय जानकारहरू बताउँछन् ।

यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरूले धान्न सकिरहेका छैनन् । बजारमा जनघनत्व घटेसँगै विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ ।

क्यान्सर निवारण गर्ने नेपालको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर नियन्त्रणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले क्यान्सर निवारणका लागि अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले उपचारात्मक र निरोधात्मक उपायहरूको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको उल्लेख गर्दै पाठेघरको क्यान्सरको समस्या गम्भीर रहेको धारणा व्यक्त गर े। उनका अनुसार सबैको सामूहिक प्रयासबाट मात्र यसको न्यूनीकरण सम्भव छ ।

मन्त्री पौडेलले क्यान्सरको रोकथामका लागि सरकार प्रतिबद्ध भए पनि आवश्यक स्रोत र साधनको अभाव रहेको स्वीकार गरेका छन् । सहकार्य र रणनीतिक पहलमार्फत क्यान्सर निवारण सम्भव रहेको उनले उल्लेख गरे । ‘क्यान्सर निवारणका लागि उपचार र रोकथाम दुबै क्षेत्रमा थप प्रयास आवश्यक छ । नेपालमा दिनहुँ चार महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण भइरहेको तथ्यांकले गम्भीर चुनौती औंल्याउँछ । त्यसैले, यसलाई न्युनिकरण गर्दै पूर्णरूपमा नियन्त्रण गर्ने हाम्रो लक्ष्य हुनुपर्छ,’ उनले भने ।

उनले पाठेघरको क्यान्सर रोकथामलाई प्राथमिकतामा राखी सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । स्रोत तथा साधनको अभावलाई सम्बोधन गर्दै सहकार्यको दायरा फराकिलो बनाउन सके क्यान्सर निवारणमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने मन्त्री पौडेलको धारणा छ ।

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् ।

बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् ।

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ ।

खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना

काठमाडौं। उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीका साथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् ।

मङ्गलवार काठमाडौँमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने उनले बताइन् ।

समाजको काम गर्न कुनै ठुलो फन्ड आवश्यक पर्ने भन्दै उनले सँगै मिलेर कामहरू गर्न जरुरी रहेको बताइन् ।

डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु

डोटी। दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् ।

उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलो पटक च्याउ खेती थालनी गरेका छन् ।

कन्य च्याउ उत्पादन गर्दै आएका उनले कृषि ज्ञान केन्द्रको सहयोगमा गोब्रे च्याउको पनि खेती गरेका छन् । किसान शाहीले यसपटक दुई सय पोका च्याउ राखेका छन् ।

उनले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएर मङ्सिर ३० गते च्याउ राखेको बताएका छन् । उनले भने, ‘प्रतिकिलो ५० का दरले २० टन कम्पोस्ट खरिद गरेको हुँ, च्याउको बीउ धनगढीबाट ल्याएँ । च्याउ उत्पादन सुरु हुञ्जेलसम्म रु दुई लाख लागत लागेको छ ।’

उनका अनुसार गोब्रे च्याउ खेती गर्न अन्य च्याउको भन्दा अलि बढी मेहनत लाग्ने शाहीले बताए । कृषि जेटिएको पढाइ गरेका उनले गोब्रे च्याउ खेतीमा अलि बढी प्राविधिक ज्ञान चाहिने र यो च्याउ खेतीका लागि कोठाको तापक्रम २२ देखि २५ डिग्री सेल्सियस सबैभन्दा उपयुक्त हुने बताए ।

उनका अनुसार पोका खोलिसकेपछि नियमित पानी दिने तथा तापक्रमको ख्याल गर्नुपर्छ । उनले भने, ‘आजभोलि दैनिक चारदेखि पाँच किलो च्याउ बिक्री भइरहेको र बजारको खोजीका लागि केही दिनमा बजारमा निस्किने तयारी गरेको छु ।’ गोब्रे च्याउको मूल्य अहिले प्रतिकिलो चार सय छ ।

गोब्रे च्याउको खेतीका लागि ज्ञान केन्द्रले किसान शाहीलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ । गत वर्ष जोरायल गाउँपालिकाको राउतकट्टेमा सफल परीक्षण भएपछि चालु आर्थिक वर्षबाट गोब्रे च्याउ व्यावसायिक खेती सुरु गरिएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण मानिने गोब्रे च्याउ खेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्यले किसान शाहीलाई सहयोग गरेको उनले बताए ।

गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत परिकारका बन्ने गर्छन् । अब जिल्लामै गोब्रे च्याउको उत्पादन सुरु भएपछि यहाँका होटल तथा रेष्टुराँमा खपत हुने निमित्त प्रमुख अवस्थीको विश्वास छ । यो वर्ष ज्ञान केन्द्रले सिताके च्याउको पनि परीक्षण गरिरहेको र च्याउ खेती गर्ने किसानलाई दिइने सहयोगमा निरन्तरता दिइने उनले बताए ।

बेलायती राजकुमार एडवार्ड पत्नी सोफिया काठमाडौंमा

काठमाडौं। बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ। काठमाडौं आएपछि उनीहरू दुवै जना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् ।

तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने छन् । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा केही दिन स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मगलबार) सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी

पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष छ करोड ३० लाख आम्दानी गरेका हुन् ।

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा वि.सं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ उत्पादनमा लागेका कृषकले यस वर्ष ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरेका छन् ।

प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याउन सफल भएको कृषक बाबुराम भुसालले जानकारी दिए । उनका अनुसार गत वर्ष ७० क्विन्टल बीउ उत्पादन भएकामा यस वर्ष ६३ क्विन्टल मात्र भएको हो । गत वर्ष सात करोड आम्दानी भएको थियो । उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् ।

समूह गठन भएको सुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बीउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए । सुरुआतमा रु आठ सयका दरले बिक्री गरेका कृषकले अहिले मूल्य वृद्धि भएर १० हजारमा बिक्री गर्दै आएका उनले उल्लेख गरेका छन् ।

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बीउ उत्पादन हुँदै आएको थियो। काँक्राको बीउबाट मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि यसको मात्र व्यावसायिक उत्पादनमा गर्न थालिएको भुसालले बताए। उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन् ।

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम पाँच लाखदेखि १८ लाखसम्म बीउ बिक्री गरेर आम्दानी गर्दै आएको अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिए । यस वर्ष आफूले एक क्विन्टल काँक्राको बीउ बिक्री गरेर १२ लाख आम्दानी गरेको उनको भनाइ छ ।

पौडेलले दुःख गरेअनुसारको प्रतिफल बीउ उत्पादनबाट हुने गरेकामा खुसी मिलेको बताए । पहिले मकैखेती गर्ने बारीमा यहाँका कृषकले व्यावसायिक काँक्रो खेती गर्दै आएका छन्।

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भएर थन्क्याउने काम गर्छन् भने उत्पादित बीउलाई असारसम्ममा बिक्री गर्दैै आएका छन् । यहाँ उत्पादित अधिकांश बीउ काठमाडौँको कालीमाटी बजारका व्यापारीले खरिद गर्दैै आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका–७ धाइरिङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन हुँदै आएको जानकारी दिए । उनले उत्पादित बीउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ भन्दै व्यावसायिक कृषकलाई केन्द्रबाट विभिन्न अनुदान र प्राविधिक सहयोग गर्ने गरिएको बताए । पर्वतको धाइरिङका कृषकले बीउ बिक्री गरी यसवर्ष रु चार करोड भित्र्याएका छन् ।

ट्रमा सेन्टर बनाउन ६४६ रुख काटिने

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका– १७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।

हालै वन तथा भूसंरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रूख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा छ सय ४६ रूख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली– १७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृति दिने निर्णय गरेको थियो ।

जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले एक करोड ६० लाख सात हजार सट्टाभर्ना स्वरूप वन तथा भूसंरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो ।

सम्झौतापत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख न्यौपाने र देवचुली– १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भूसंरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालक प्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा रूख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषय उल्लेख भएको नगरप्रमुख न्यौपानेले बताए ।

ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवन मार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने नगर प्रमुख न्यौपानेले बताए । बहुवर्षे योजनाअन्तर्गत यस वर्ष १० करोडको स्रोत सुनिश्चित भएको उनको भनाइ छ । उनले रूख कटानको काम अब तत्काल अघि बढ्ने र ट्रमा सेन्टर निर्माण अगाडि बढ्ने बताए ।

देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगरप्रमुख न्यौपानेले बताए । पूर्वपश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा आगामी दिनमा यहाँ बिरामीले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुली मात्र नभई सबैका लागि यो योजना महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।