
काठमाडौं।आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।
उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
निर्देशक सुदर्शन थापाले अभिनेता केसीविरुद्ध उजुरी दिएका थिए ।