जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ३७ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल पुस २५ गते बुधबारको राशिफल

आज २०८० साल पुस २५ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः मन अस्थिर हुने भएकाले सचेत बन्नुपर्छ। मन खराब काममा जाने हुँदा यसलाई नियन्त्रण गर्नु आवश्यक छ। राम्रो संगत भए खराब मानसिकता परिवर्तन हुन्छ। परिवार र प्रेम सम्बन्धमा समस्या पर्ने देखिन्छ।

वृषः शिक्षा र स्वास्थ्यको क्षेत्रमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आजको दैनिकी राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। आज राम्रो कामको थालनी गर्नुभयो भने सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेममा सफलता मिल्नेछ।

कर्कटः स्वास्थ्यको क्षेत्रमा विवाद हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंहः दिन राम्रो छ। शिक्षा क्षेत्र सबल छ। लगानी गरेको भए शिक्षा क्षेत्रमा उपलब्धि हुनेछ। परिवारमा मनमुटाव बढ्नेछ।

कन्याः आजको दिन सामान्य छ। नम्र भएर काम गर्नु फाइदाजनक हुन्छ। आफन्तले कमजोरी खोजी गर्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नुभन्दा आफ्नो निर्णय आफै गर्नुपर्छ।

तुलाः समय राम्रो छ। स्वास्थ्य, शिक्षा, अर्थ र धर्मको क्षेत्रमा फाइदा हुनेछ। बौद्धिकताको सम्मान हुनेछ। राजनीतिक क्षेत्रलाई सेवाको मध्यम बनाउने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

वृश्चिकः कम बोल्नु राम्रो हुन्छ। पैसा सञ्चित गर्नेक्रममा विवाद हुनसक्छ। बिहान पिपलको दर्शन गरेर गरेको काम सफल हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः आजको दिन सामान्य छ। मन चञ्चल हुनेछ। शिक्षा क्षेत्र राम्रो छ। पुराना झमेला उल्टिनसक्ने देखिन्छ। स्वदेशमै लगानीको अवसर मिल्ने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

मकरः दैनिकी सामान्य राम्रो छ। रिसले आफ्नो बदनामी गर्ने भएकाले सचेत हुनुपर्छ। लोभ र मोहलाई नियन्त्रण गर्नु राम्रो हुन्छ। बन्धुबाट सहयोग लिएमा काम बन्नेछ। परिवारको साथ रहने छ।

कुम्भः दिन सामान्य छ। झुटा आरोप लाग्नसक्ने हुनसक्छ। नसोचेका साथीबाट सहयोग लिन सक्नुहुन्छ। पन्छीलाई दाना प्रदान गरेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

मीनः दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। खानपानमा ख्याल गर्नुभएन भने स्वास्थ्यमा गम्भीर समस्या हुनसक्छ। परिवारबाट सहयोग प्राप्त हुने भएकाले दिन सुखमय बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका