जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • १ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल माघ १९ गते शुक्रबारको राशिफल

आज २०८० साल माघ १९ गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। राजनीतिक र सामाजिक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। ठुलो कामको सुरुवात गर्ने दिन छ। मनमा शान्ति र उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ।

वृषः दैनिकी सामान्य राम्रो छ। आफैले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारले भने निगरानी गर्ने योग रहेको छ।

मिथुनः दिन राम्रो छ। स्वास्थ्यमा लाभ, शिक्षामा प्रगति र आर्थिक क्षेत्रमा नाफा हुनेछ। स्वदेशमै लगानीका विकल्प खुल्नेछन्। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। गुरुको साथ र सहयोग राम्रो रहनेछ। आम्दानी राम्रो हुनेछ। समाजले झुटो आरोप लगाउने खतरा छ। परिवारको विश्वास जित्न नसक्दा संकट आइपर्ने देखिन्छ।

सिंहः आर्थिक क्षेत्र सबल छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको विश्वास प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कन्याः दिन राम्रो छ। समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। स्वास्थ्य र शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको साथ मिल्नेछ।

तुलाः दिन राम्रो छ। अचानक शुभ समाचार सुनेर हर्षित बन्ने योग छ। धार्मिक क्षेत्रको घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिकः समय सामान्य छ। आर्थिक क्षेत्र विवादित बन्नेछ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। पारिवारिक सहयोग मिल्नेछ।

धनुः दैनिकी राम्रो छ। तपाईंको रोजाइमा पर्ने कार्यक्षेत्र सबल छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः समय सामान्य राम्रो छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिनेछन्। झुटो आरोप लाग्ने देखिन्छ। त्रास देखाएर लुट्न खोज्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। गुरुबाट साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः समय सामान्य छ। राम्रो कामको नतिजा फरक आउन सक्छ। झुटो आरोप लगाएर लुट्न खोज्नेहरु सक्रिय छन्। आफूभन्दा ठुला मानिसले आदर गर्नेछन्। परिवारबाट भने साथ मिल्ने योग रहेको छ।

मीनः दिन सामान्य राम्रो छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

धेरै टिप्पणी गरिएका