जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते

गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते

ढोरपाटन (बागलुङ) । बागलुङमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार जीप दुर्घटना भएको हो ।

तमानखोलाको केन्द्र बोंगादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग१ ५७०५ नम्बरको जीप उकालोमा ब्रेक फेल भइ दुर्घटनामा परेको जनाइएको छ ।

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्लाको कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक सहायक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै, गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

घाइतेमध्ये सहायक प्रशासकीय विक र प्राविधिक सहायक मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ । गम्भीर दुवैजनालाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको उनले जानकारी दिए । अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ । रासस

छुटाउनु भयो कि?