अन्तर्राष्ट्रिय
इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै

हमासले चारजना बन्धकको शव फिर्ता गरेपछि इजरायलले प्यालेस्टाइनका ६ सय नागरिकलाई रिहा गरेसँगै उत्सवको माहोल बनेको छ । चार बन्धकको शव इजरायल फिर्ता पठाएपछि इजरायलले प्यालेस्टाइनी कैदी छाड्ने क्रममा अघि बढाएको हो ।
वेस्ट बैंकबाट छोडिएका प्यालेस्टाइनी कैदीहरूको तस्बिर सार्वजनिक भएको छ । ती तस्बिरमा इजरालयको जेलबाट निस्किएका आफन्त पर्खिएका हजारौँ प्यालेस्टाइनी उत्सव मनाउँदै गरेको अवस्थामा देखिएका छन्।
ती प्यालेस्टाइनी नागरिकलाई इजरायलले कुन अपराधमा कति वर्षका लागि जेलमा राखेको थियो भन्ने खुल्न सकेको छैन । ६ सय जना रिहा गर्ने भनिए पनि अहिलेसम्म कतिलाई जेलबाट छाडियो भन्ने खुलेको छैन । तर अहिले प्यालेस्टाइनमा उत्सवको अवस्था बनेको छ।
इजरायलले रिहा गरेका कैदीहरूलाई वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसमा लगिएको छ । जहाँ प्यालेस्टाइनीहरूको ठूलो समूह उनीहरूको प्रतिक्षामा थियो । त्यहाँ उपस्थित अन्यले रिहा गरिएका केही कैदीहरूलाई काँधमा बोकेर घुमाएका थिए ।
समाचार अनुसार बिहीबार रातिसम्म इजरायलको जेलबाट कम्तीमा पनि ६२५ जना कैदी बन्दीलाई रिहा गरिनेछ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जेलबाट रिहा गरिएपछि रेडक्रसकर्मीले चलाएका बसमा हालेर प्यालेस्टाइनको क्षेत्रमा पुर्याइएको हो ।