
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । बुधबार अपरान्ह पार्टी कार्यालय च्यासलमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मतिको प्रयास गर्न आफूनिकटका नेताहरुलाई निर्देशन दिए पनि दाहालले नमानेपछि निर्वाचन हुन लागेको एमाले स्रोतको भनाइ छ ।