
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक साेमवार पनि जारी रहनेछ ।
हिजाेदेखि सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेकाे राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।
जसअनुसार आजको बैठकमा पेस गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । जसमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरू गर्नेछन् ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।