जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

काठमाडौं– नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्‍मा विरोध जनाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका