
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन्।
नेपालकाे दुईदिने भ्रमणका क्रममा उनी मंगलबार दिउँसाे काठमाडौँ आएका हुन्।
थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हाे। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।