
काठमाडौं, न्यु डायमण्ड स्पोर्ट्स क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो स्थान प्राप्त गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा डायमण्डले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।
डायमण्डले पहिलो सेट २५–१९, दोस्रो सेटमा २५–१६ र तेस्रो सेटमा २५–१६ को जित निकाल्न सफल भयो । तेस्रो भएको डायमण्डले १ लाख २५ हजार प्राप्त गरेको छ ।
चौंथो भएको गण्डकीले सान्त्वना पुरस्कार स्वरूप ६५ हजार प्राप्त गर्यो ।