
काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।
पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै डिभोर्स गरेको बताइएको छ ।
२०७७ सालमा यी दुईले कानुनी विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए ।