
काठमाडौं– जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरको सानोगाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा अभिमुखिकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, संगठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय लिइने तयारी गरिएको छ ।