
टोकियो– जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी हुँदा दर्जनौँ कुकुर मरेको एक अधिकारीले बताएका छन् ।
मध्यरातमा सुरु भएको आगो निभाउन दमकलकर्मीहरूलाई करिब चार घण्टा लागेको थियो । आगलागीबाट विभिन्न जातका ३४ साना कुकुरको मृत्यु भएको होक्काइडोको चिटोज शहरका फायर स्टेशन अधिकारीले बताए ।
अधिकारी र स्थानीय सञ्चारमाध्यमका अनुसार डाक्सहुन्ड र पुडल सहित ७० देखि ८० कुकुर त्यस सुविधामा राखिएका थिए । होक्काइडो कल्चरल ब्रोडकास्टिङको रिपोर्ट अनुसार कारण अज्ञात रहे पनि प्रजनन (ब्रिडर) ले मंगलबार राति कुकुर खोरको स्टोभमा ‘केही दाउरा थपेको’ अनुसन्धानकर्ताहरूलाई बताए ।