
काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रुपैयाँ र बुधबार प्रतितोला दुई हजार रुपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।