जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • थापाथलीमा मेलम्चीको पाइप फुट्दा बाढी, सडक भासियो

थापाथलीमा मेलम्चीको पाइप फुट्दा बाढी, सडक भासियो

काठमाडौं । काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुटेको छ । मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडक समेत अवरुद्ध भएको छ ।

पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ । थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

धेरै टिप्पणी गरिएका