जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

धुलिखेलमा बस दुर्घटना, १८ जना घाइते

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ ।

धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८:२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १८ जना घाइते भएका छन्। बसमा २४ जना सवार थिए ।

घाइतेहको धुलिखेल अस्पतालमा उपचार भइरहेकोप्रहरीले जनाएको छ । चालक र सहचालक गम्भीर घाइते छन्।

बस घटनास्थलमै रहेकोले राजमार्गमा एकतर्फी मात्रै सञ्चालन भएको छ ।

धेरै टिप्पणी गरिएका