
काठमाडौं । धौलागिरि बेसक्याम्पट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।
पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै गरेको बुझिएको छ । इटालियन बेसक्याम्पमा कार्गो पुर्याएर धौलागिरि बेसक्याम्प फर्कने क्रममा बिहान ११ बजेर १ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।