जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान रेल अपहरण अपडेटः सय बढी यात्रु मुक्त, घटनामा १० जनाको मृत्यु

पाकिस्तान रेल अपहरण अपडेटः सय बढी यात्रु मुक्त, घटनामा १० जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकु समूहले सयौँ यात्रुहरू बोकेको रेल अपहरण गरी कम्तीमा १० जनाको हत्या गरेको रेल्वे अधिकारीहरूले जनाएका छन् । सीएनएनका अनुसार मारिएका दशमध्ये नौ जना सुरक्षाकर्मी रहेको वरिष्ठ रेल्वे अधिकारी इमरान हयातले जानकारी दिएका छन् । साथै, एकजना रेल चालकको पनि आक्रमणमा मृत्यु भएको छ ।

बलुचिस्तान सरकारका प्रवक्ताका अनुसार ‘भीषण गोली हानाहान’ भएको र लडाकुहरूले महिला र बच्चाहरूलाई ढालको रूपमा प्रयोग गरिरहेका छन् । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको क्वेट्टाबाट पेशावर शहर जाँदै गरेको जाफर एक्सप्रेसका रूपमा चिनिने उक्त रेललाई लडाकुहरूले मंगलबार दिउँसो एउटा सुरुङमा पुगेपछि नियन्त्रणमा लिएका थिए ।

स्थानीय समयअनुसार बिहान ९ बजे क्वेट्टाबाट प्रस्थान गरेको उक्त रेलमा नौ वटा डिब्बामा करिब ४५० यात्रुहरू सवार थिए । दक्षिण-पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको कारकका रुपमा बीएलए पृथकतावादी समूह रहेको छ ।

यसैबीच रेलमा रहेका ४ सय ५० भन्दा बढी यात्रुहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएको तीन मध्ये एक जनालाई मुक्त गरेको बताइएको छ । अझै पनि सो रेलमा ३ सय ५० जनाभन्दा बढी यात्रु विद्रोही समूहको नियन्त्रणमा रहेका छन् ।

बन्धक बनाइएका यात्रुमा महिला र बालबालिका समेत रहेका छन् । आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो । बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याकमा बम विस्फोट गराएको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका