
काठमाडौं। गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका छन् ।
उनले मंगलबार एक्स (ट्विटर)मार्फत् विवाद समाधान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका हुन् ।
‘पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माण बारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ,’ गृहमन्त्री लेखकले लेखेका छन् ।
गृहमन्त्री लेखकले वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह पनि गरेका छन् ।
‘वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।