
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सो स्थानका लागि प्रस्थान गरेका हुन् ।
हेलिकप्टरको चार्टरमा खर्च लाग्ने भएकाले प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । धनगढी पुगेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।