जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजकाे नयाँ भवन उदघाटन

प्रधानमन्त्रीद्वारा नेपाल मेडिकल कलेजकाे नयाँ भवन उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नव निर्मित डेण्टल कलेज भवनको उदघाटन गरेका छन् ।

जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै मुलुकका लागि अपरिहार्य दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यमा नयाँ भवन उपयोगी हुने ठानिएको छ । सो कलेजले हालसम्म एमविविएसमा दुुई हजार दुुई सय ६२, विडिएसमा तीन सय ३५, एमडि-एमएस र एमडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डिएम एमसीएचमा आठ, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् । सोही कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार चार जनालाई अहिले नियन्त्रणमा राखिएको छ। उनका अनुसार चार जनाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको विरोध गर्ने भनेर सूचना राखेका थिए। त्यसकै आधारमा अहिलेलाई नियन्त्रणमा राखिएको उनले बताए। राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धेरै टिप्पणी गरिएका