
विराटनगर । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेपछि उडान अवतरण बन्द भएको छ ।
भारी बर्षापछि बास्ता खोलामा आएको बाढी विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा पसेको हो ।
बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास भईरहेको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । पानी सुक्ने क्रममा रहेको र उडान अवतरणका लागि प्राविधिक जाँच गरेपछि विमानस्थल सञ्चालन हुने उनले बताए ।
विराटनगरमा मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधबार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा ३ सय ६१ मिलिमिटर पानी परेको थियो। जसको कारणले गर्दा अहिले विराटनगरका अधिकांश स्थान जलमग्न भएका छन् ।