जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

समाचार

बिमामा पनि मर्जरको लहर

बिमामा पनि मर्जरको लहर

काठमाडौं, नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पूँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरु मर्जरमा जान सुरु गरेका छन् ।

मुलुकमा विमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही समयअघि चुक्ता पूँजी बढाउनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि चुक्ता पूँजी बढाउन नसक्ने कम्पनी कर्जरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेसँगै बैंकहरुमा पनि मर्जरको लहर चलेको छ ।

गत पुसमा मात्रै थुप्रै बैंक मर्जरमा गएका थिए । बिमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा १९ वटा निर्जीवन तथा जीवन बिमा कम्पनीले मर्जरमा जाने सहमति गरेका छन् । जसमध्ये केहीले एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
कारोबार दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका