
काठमाडौं, दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ ।
कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली गराउने भएको छ ।
कामपाले हिजो मंगलबारदेखि मैतीदेवी क्षेत्रमा सडकमा राखिएको पार्किङ हटाउन सुरू गरेको थियो भने बालाजु, माछापोखरी क्षेत्रमा पार्किङ हटाउन माइकिङ सुरू गरेको थियो ।
त्यसै गरी महानगरले मंगलरबार नै चाबहिल, चुच्चेपाटी र बौद्ध क्षेत्रका सडकछेउका सवारी साधन हटाउन आग्रह गरेको छ । कामपा प्रहरीले आज बुधबारबाट माछापोखरी र चुच्चेपाटी हुँदै बौद्धसम्मको सडक खाली गरिने जनाएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट