
काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्ड–२०२३ मा नेपाल सेमिफाइनल पुगेर ह्युमनिटेरियन अवार्ड जितेको छ । अमेरिकाको लास भेगासमा सम्पन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिसेस नेपाल वर्ल्ड पृथ्बीया थापाले गरेकी थिइन् ।
मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरूले ठूलो सफलताको रूपमा लिएको बताए । मिसेस वर्ल्डमा रिवन इन्टरटेनमेन्टको यो दोस्रो सहभागिता हो ।