
काठमाडौँ । मुख्य सचिव एक नारायण अर्यालले पद बहाली गरेका छन् । नेपालका सरकारका मुख्य सचिव अर्यालले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका हुन् । पद बहालीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल सरकारका सचिवहरूले २७ औँ मुख्य सचिव अर्याललाई स्वागत गरेका छन् ।
पद बहालीसँगै मुख्य सचिव अर्यालले सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।
सरकारले बिहीवार गृह मन्त्रालयको सचिव रहेका अर्याललाई वरिष्ठ सचिवहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।