जोडिनुहोस
बिहिबार, फाल्गुन १५, २०८१
बिहिबार, फाल्गुन १५, २०८१
  • होमपेज
  • मेला, महोत्सवका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन नगर्न मन्त्रालयको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर केही मेला, महोत्सव र जात्रामा सुर्तीजन्य वस्तुको उत्पादक संलग्नता भएकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गर्नुभएको हो ।

कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन गर्न पाइँदैन । यही कुरा स्मरण गराउँदै मन्त्रालयले कानून विपरीत सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

मन्त्रालयले कहीँ कतै सुर्तीजन्य वस्तुको विज्ञापन वा त्यस्ता उत्पादकले प्रायोजन गरेको पाइएमा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ जानकारी गराउन आग्रह गरेको छ ।

धेरै टिप्पणी गरिएका