
जल तथा मौसम विज्ञान विभागले तीन दिनको मौसम पूर्वानुमानबारे जानकारी दिँदै आज देशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। यद्यपि, अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने बताइएको छ।
बिहान देशभर मौसम मुख्यतया सफा रहनेछ भने दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहनेछ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा एकदुई स्थानमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू(भागमा मौसम सफा रहनेछ।
बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सफा रहने विभागले पूर्वानुमान गरेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा यात्रा गर्ने व्यक्तिहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ किनकि त्यहाँ हल्का हिमपातको सम्भावना रहेको छ।
विभागकाअनुसार हाल नेपालमा कुनै पनि महत्वपूर्ण मौसम प्रणालीको प्रभाव छैन।