जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

युनिटी जर्नलको छैटौँ संस्करण विमोचन

काठमाडौँ । नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुल्ला सामरिक लेख–रचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण सोमबार प्रधान सेनापतिअशोक राज सिग्देलले विमोचन गरेका छन् ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गरिएको हो ।

जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यहरूका साथै लेखकहरूलाई कदर पत्र प्रदान गरेका थिए ।

विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथी, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकहरू लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

धेरै टिप्पणी गरिएका