
काठमाडौं। नेपाली बजारमा आज छापावाला सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ।
हिजो २ हजार रुपैयाँले बढेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो। शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ।