
सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए । माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले बताए ।
सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले बताए ।