
टोकियो— पछिल्लो समय विद्युतीय सवारीसाधनको माग बढ्न थालेपछि होन्डा मोटरले चीनको संयुक्त लगानीमा काम गर्ने उद्योगमा कार्यरत करिब ९०० करार कामदारहरूलाई बर्खास्त गरेको छ।
उत्पादन मात्रा घट्दै गए पछि ती कामदारहरुलाई हटाइएको बताइएको छ । होन्डाले चीनको सरकारी स्वामित्वको गुआन्झाउ अटोमोबाइल समूहसँग मिलेर उक्त उद्योग खोलेको हो ।
यो कटौतीको मात्रा लगभग १३ हजार कामदारको ७ प्रतिशत भएको प्रवक्ताले बताएका छन् ।
टोयोटा मोटरले चीनको संयुक्त लगानीमा सञ्चालित केही पुराना मोडेलको उत्पादन रोकेको प्रवक्ताले बताएका छन् ।
टोयोटापछिको जापानको सबैभन्दा ठूलो अटोमेकर होन्डाले चीनमा कडा हेडवाइन्डको सामना गरिरहेको छ।
त्यहाँ यसको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वर्षको पहिलो १० महिनामा करिब पाँचौं गुणना घटेको थियो।
होन्डाले ले जनवरी देखिअक्टोबर सम्ममा विश्वभर ३ दशमलव २ मिलियन गाडीहरू बेचेको थियो ।