
काठमाडौं। लगातार तीन दिनसम्म यथावत् रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेकोमा आज बढेर तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।