
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरे । खेलको ७३ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए । जितसँगै लिभरपुलले २४ खेलमा ३९ अंक जोडेको छ ।
लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । उल्भ्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।