जोडिनुहोस
बिहिबार, फाल्गुन २२, २०८१
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए ; ऊर्जामन्त्री

कार्यसम्पादन मुल्यांकन समयभित्र नबुझाउँदा कुलमानले शुन्य अंक पाए ; ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुन्य अंक दिनुपरेको स्पष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताए । उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्राचार गर्दा कुलमानले आफैलाई नम्बर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे । मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानूनभन्दा माथि कोही हुन नसक्ने धारणा राखे । आफू मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भए पनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए ।

उनले प्राधिकरणले उठाउन नसकेको वक्यौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे । प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भए पनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलब्ध नगराएको आरोप लगाए । मन्त्री खड्काले प्रक्रिया नै पुरा नगरी भारतसँग विद्युत खरिदको सम्झौता गरेको जिकिर गरे । उनले कुलमानका कारण नभई भारतबाट सहजरुपमा विद्युत् आपूर्तिका साथै मुलुकमा विद्युत् आयोजनाबाट थप विद्युत् उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए।

 

धेरै टिप्पणी गरिएका