
नयाँ दिल्ली– अफ्रिकन यूनियन जी–२० को नयाँ स्थायी सदस्य भएको छ । अफ्रिकन यूनियनमा ५५ देशहरुरहेका छन् ।
जी–२० को शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले यूनियनलाई जी–२०को सदस्यको रुपमा प्रस्ताव गरेका थिए भने र अन्य नेताहरूले यसमा सहमति जनाए। प्रधानमन्त्री मोदीले यूनियनकाका अध्यक्ष अजाली असुमानीलाई जी–२० नेताहरूको टेबलमा सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गरे, उनलाई अँगालो हालेर जी–२० मा स्वागत गरे ।
#WATCH | G 20 in India | President of the Union of Comoros and Chairperson of the African Union (AU), Azali Assoumani takes his seat as the Union becomes a permanent member of the G20. pic.twitter.com/Sm25SD80n9
— ANI (@ANI) September 9, 2023
जी–२०को १८ औं शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै, भारतीय प्रधानमन्त्री मोदीले विश्वले सामना गरिरहेको ूविश्वास घाटाको ठूलो संकटू लाई हटाउनुपर्ने बताए । उनले मोरक्कोको भूकम्पमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै यस दुःखद् घडीमा सम्पूर्ण विश्व समुदाय मोरक्कोको साथमा रहेको बताए ।