जोडिनुहोस
  • होमपेज
  • संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

संसदमा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।शनिबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै ओलीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिएका हुन् ।

उनले राष्ट्रलाई विभिन्न ढङ्गले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरूविरुद्ध स्पष्ट धारणा राख्न आग्रह गरे । देशभन्दा ठूलो अरू नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले गलत कुराको प्रतिवाद तत्कालै गर्नुपर्नेमा जोड दिए।

त्यसअघि शनिबार नै लुम्बिनीमा चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति आजको सबैभन्दा बढी आवश्यकता भएको बताएका छन् । अहिले युद्धका बादलहरु मडारिरहेको उल्लेख गर्दै दुनियाँ कहीँ युद्धतिर त जाँदैन ? भन्ने डर रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि पनि शान्तिको आवश्यक अपरिहार्य रहेको उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका