
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ।
पौडेलकी पत्नीले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।
रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई विशेष अदालतले मंगलबार सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
उहाँलाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।




















