
काठमाडौँमा जारी शिक्षक आन्दोलनमा शिक्षकहरूबीच नै विवाद र कुटपिट हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय केशवराज जोशी रहेका छन् । जिल्ला कैलाली धनगढी उप-महानगरपालिका-१ घर भएका जोशी धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा पढाउँछन् । प्रहरी वृत्त नयाँ बानेश्वारका अनुसार शनिबार दिउँसो करिब १ बजे बिजुलीबजारमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनमा आएका जोशी र अन्य शिक्षकबीच आपसी मतभेद भएको थियो । उनलाई अन्दाजी १५र२० जना शिक्षकहरूले कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाई छ । उनलाई तत्काल उपचारको लागि मिनभवनस्थित सिभिल अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।