
काठमाडौं, पाहुना टिम न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । बुधबार भएको अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला जितेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२.१ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो ।
न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका कप्तान हार्दिक पन्ड्याले चार विकेट लिए । चार ओभर बलिङ गरेका पन्ड्याले १६ रनमात्र खर्चिए । यस्तै, अर्सदीप सिंह, उम्रन मलिक र सिवम मावीले समान दुई विकेट लिए ।