जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • एमाले मोरङको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता सुरु

एमाले मोरङको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता सुरु

विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ कार्यसमिति चयन गर्न मनोनयन दर्ता सुरु भएको छ ।

१०औँ जिल्ला अधिवेशनअन्तर्गत मतदान प्रक्रिया अघि बढाउन निर्वाचन समितिले फाराम वितरण गरेसँगै आकांक्षीले मनोनयन दर्ता गराउन सुरु गरेका हुन् ।

जिल्ला कमिटीमा पदाधिकारी तथा सदस्यहरू गरी १६५ सदस्यीय कार्यसमिति चयन हुनेछ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित पाँचजना पदाधिकारी छन् । निर्वाचन प्रक्रियामा संस्थापन र इतर दुवै समूहले मनोनयन दर्ता गर्दै छन् ।

संस्थापनबाट राजकुमार ओझा र इतरका अजम्बर राईले अध्यक्षमा दाबी गरेका छन् । सबै पदमा मनोनयन दर्ता गराउने उमेदवारका लागि ५०० रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ । सहयोग स्वरूप अध्यक्षका प्रत्यासीले थप दुई हजार र सदस्यले एक हजार बुझाउनु पर्नेछ ।‌

निर्वाचन प्रतिनिधिको रूपमा ४६ जनालाई एकलौटी ढंगबाट मनोनीत गरिएको भन्दै इतर समूहले विरोध जनाएपछि निर्वाचन कार्यतालिका प्रभावित बनेको हो ।

धेरै टिप्पणी गरिएका