जोडिनुहोस
  • होमपेज
  • कुलमान घिसिङले भने—१५ दिन भित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ

कुलमान घिसिङले भने—१५ दिन भित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सरकारको निर्णय पालनासम्बन्धी प्राधिकरणको कानूनी कर्तव्य भएको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको निर्देशन पालना गर्न बाध्यात्मक अवस्था सिर्जना भएको बताए। उनले सरकारको निर्णयको पालना गर्दै विद्युत लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने प्रक्रिया अघि बढाउने बताए।

सरकारले १५ दिन भित्र बक्यौता उठाउने निर्णय गरेको छ, र प्राधिकरण उक्त अवधिमा बक्यौता उठाउने तयारीमा रहेको उनले जानकारी दिए। यदि १५ दिनमा बक्यौता नतिरेमा कानूनी प्रक्रिया अघि बढाउने पनि उनले उल्लेख गरे।

धेरै टिप्पणी गरिएका