जोडिनुहोस
  • होमपेज
  • जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पर्सा वीरगन्ज महानगरपालिका– २ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । खानले ती बालिकालाई मेचीनगर नगरपालिका–९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका