अन्तर्राष्ट्रिय
जी–२०ः दोस्रो विपद् जोखिम न्यूनीकरण समूहको बैठक मे २३ देखि २५ सम्म मुम्बईमा हुने
0 टिप्पणी

नयाँ दिल्ली– जी–२० अन्र्तगत दोस्रो विपद् जोखिम न्यूनीकरण कार्य समूहको बैठक मे २३ देखि २५ सम्म मुम्बईमा हुने भएको छ ।
मे २३ देखि सुरु हुने दोस्रो विपद् जोखिम न्यूनीकरण कार्य समूहको बैठकमा १२० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्।
मुम्बई नगर निगमका आयुक्त इकबाल सिंह चहलले निगम र अन्य एजेन्सीहरू द्वारा भइरहेको तयारीहरूको समीक्षा गर्न मुम्बईको मुख्यालयमा बैठक गरेपछि गृह मन्त्रालयले मुम्बइमा हुने घोषणा गरेको हो ।
यस्तै, जी–२० काउन्सिलको कुल तीन कार्य समूहको बैठक मे महिनामा मुम्बईमा हुँदैछ।